२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा बहुमतका नाममा चन्दा मागेको आरोपमा पक्राउ परेका परियार एमालेबाट निष्कासन

२०८०, २६ श्रावण शुक्रबार ०३:१६

साउन २६, सल्यान | नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि मात्र नेकपा एमाले त्रिवेणी गाउँपालिकाको अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिवेणी गाउँपालिका – ९ फालाबाङका ३३ वर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

आरोपी परियारले पत्र, फोन र एसएमएस मार्फत विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्कीहरू दिँदै आएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न ब्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ । “

हेर्नुहोस विज्ञप्ति:-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा