२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कानुन उल्लंघन भए पनि रोनाल्डोलाई छुट !

२०८०, २६ श्रावण शुक्रबार ११:१७

साउन २६, काठमाडौँ | पोर्चुगिज फुटबल स्टर क्रिस्टियानो रोनाल्डो हाल साउदी अरेबियाको घरेलु लिगमा ब्यवसायीक फुटबल खेल्छन् । ३८ वर्षीय स्ट्राइकर रोनाल्डो इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल—नासरमा आबद्ध भएका हुन् । 

अल—नासरले रोनाल्डोका लागि कीर्तिमानी रकम खर्च गरेको थियो । रोनाल्डोले हालसम्म विवाह गरेका छैनन् । उनी लामो समयदेखि आफ्नी प्रेमीकासँग बस्छन् । अर्जेन्टिनामा जन्मिएकी स्पेनिस सुपर मोडेल जर्जिना रोड्रिग्वेज रोनाल्डोकी प्रेमिका हुन् । 

विवाहअघि नै रोनाल्डो र जर्जिनाले सन्तान पनि जन्माइसकेका छन् । साउदीमा पनि रोनाल्डो र जर्जिना सँगसँगै बस्छन् । तर, साउदी अरेबियामा एउटा कानुन छ । उक्त कानुनले विवाह नगरी महिला र पुरुषलाई एकसाथ बस्ने अनुमति दिँदैन । 


विवाह नगरी महिला र पुरुष एकसाथ बसेमा त्यसलाई दण्डनीय अपराध मानिन्छ । तर, साउदी सरकारले रोनाल्डो र जर्जिनालाई भने यस विषयमा छुट दिएको छ । अर्थात रोनाल्डो र जर्जिना विवाह नगरी सँगै बस्दा पनि साउदी सरकारले यसतर्फ आँखा चिम्लिएको छ । समकालीन विश्व फुटबलका महान् खेलाडी रोनाल्डोले साउदी क्लब अल—नासरसँग दुई वर्ष ६ महिनाका लागि सम्झौता गरेका छन् । अल—नासरले यी स्टार स्ट्राइकरका लागि २० करोड युरो खर्चिएको थियो । 

रोनाल्डो ब्यवसायीक फुटबल खेल्न साउदी अरेबिया पुग्दा उनले आफ्नी प्रेमिकालाई पनि सँगै लगेका थिए । त्यसपछि धेरैको मनमा लागेको थियो, के साउदी सरकारले विवाह नगरी यी दुबैलाई एकसाथ बस्ने अनुमति देला त ? तर, धेरैको अनुमान विपरीत लामो समय बितिसक्दा पनि साउदी सरकारले यसतर्फ कुनै वास्ता गरेको छैन । साउदी कानुनका एक विज्ञ भन्छन्, ‘कानुनी रुपमा यो वर्जित कार्य हो । तर, रोनाल्डोको विषयमा साउदी सरकारले आँखा चिम्लने नीति लिएको छ ।’ 

यसको विपरीत साउदी क्लबले रोनाल्डो, उनकी प्रेमिका जर्जिया र बच्चाहरूको आवासका लागि भव्य सुविधा उपलब्ध गराएको छ । स्पेनिस सञ्चारमाध्यम ईएफईका अनुसार, साउदी सरकारले यी महान् खेलाडीलाई कानुनी कारबाही गर्ने कुनै सम्भावना छैन । 

‘उनी महान् खेलाडी हुन् । त्यसमाथि उनी विदेशी नागरिक हुन् । त्यसैले पनि साउदी सरकारले उनलाई कारबाही गर्ने सम्भावना देखिँदैन । तर, सरकारले चाहेमा उनलाई कारबाही गर्ने सम्भावना भने रहन्छ,’ स्पेनिस सञ्चारमाध्यमले भनेको छ ।  

साउदीमा रोनाल्डो र जर्जिया सँगै बसे पनि उनीहरुले साउदी अरेबियाको संस्कृति र परम्पराको सम्मान गरेको दाबी पनि उक्त सञ्चारमाध्यमले गरेको छ । जर्जियाले साउदी अरेबियामा रहँदा त्यहाँको पोशाक सम्बन्धी नियमलाई पनि पूणर्रुपमा पालन गरेको समाचारमा जनाइएको छ ।

साउदी अरेबियामा महिलाले सार्वजनिक स्थलमा हिँड्दा हातको पाखुराभन्दा तलसम्म र खुट्टाको घुँडाभन्दा तलसम्म ढाक्ने गरी पोशाक लगाउनुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना