२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

२०८०, २६ श्रावण शुक्रबार ११:३६

साउन २६, काठमाडौँ | निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।


उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।

हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले सनिबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै