२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमत पार्टी दोस्रो पटक सरकारमा, अनिता देवीले लिइन् मन्त्रीको शपथ

२०८०, २९ श्रावण सोमबार ०५:१७

साउन २९, काठमाडौँ | जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्। सोमबार बिहान शितल निवासमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर शाहलाई सामान्य प्रशासन मन्त्रीमा सिफारिस गरेका थिए।शाह जनमतकी समानुपातिक सांसद हुन्। उनी सांसद बन्नु अगाडि गत वर्ष भएको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।


मोदीको काम सन्तोषजनक नदेखिएको र जनमत पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने भएकाले माओवादी केन्द्रको पदाधिकारी बैठकले फिर्ता उनलाई बोलाएको हो। 

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

यस अगाडि जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर सरकारसँग असन्तुष्ट जनाउँदै जनमत बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना