2026-07-11 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्ञानेन्द्र शाहीको प्रश्न :पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन पक्राउ गरिएन ?

भदौ ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

बुधबार  प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले  देशमा दुईवटा  कानुन भएको भन्दै कटाक्ष गरे ।  देशमा ठूला नेतालाई कानुन नै नलाग्ने र जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेल हाल्ने काम भएको बताए ।

उनले भने, ‘यो देशमा कानुन दुईवटा बनाउनुपर्छ । ठूला नेतालाई कानुन नै नलाग्ने कानुनको हिरासतमा नजाने जनतालाई चाँहि गल्ती नगरेपनि कान समाएर जेल हाल्ने यो कानुन तपाईँले लेख्नुभयो भने सही हुन्छ । नत्र सदनमा आवाज होइन आन्दोलन हुन्छ ।' उनले भने, ‘पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धन किन नगरेको ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित