भदौ १०, काठमाडौँ | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | "/>
२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल, भट्टराई र पौडेललाई प्रहरीले, शाहलाई सरकारी वकिलले दिए छुट

२०८०, १० भाद्र आईतवार ०७:५५

भदौ १०, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा चलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले जानकारी दिए ।


खत्रीले भने, “सुधीरकुमार शाहको कतै पनि हस्ताक्षर भेटिएन, त्यसकारण उहाँलाई मुद्दा चलाउन प्रमाण नपुगेको ठहर गर्दै प्रतिवादीबाट हटाइएको हो ।”

सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भने प्रहरीले प्रतिवादी नै नबनाई प्रतिवेदन बुझाएको थियो । उनीहरूसँगै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई पनि प्रतिवादी बनाइएको छैन ।

“पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई अनि पूर्वमुख्यसचिव पौडेललाई त प्रहरीले नै प्रतिवादी बनाएको छैन,” खत्रीले भने, “प्रहरीले प्रतिवादी बनाएर हाम्रोबाट हटाइएको नामचाहिँ शाहको मात्र हो ।”

पूर्वनिर्वाचन आयुक्त शाह ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । उनलाई ६२ दिन हिरासतमा राखेर अनुसन्धान गरी प्रहरीले प्रतिवादी बनाएर सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानका क्रममा उनले मालपोत कार्यालय भक्तपुरको प्रमुख भएको समयमा श्रीमती उर्मिला शाहको नाममा ११ आना दुई पैसा जग्गा लिएको देखिएको थियो । सुधीरपत्नी उर्मिला र गेहनाथ चापागाईंपत्नी भुवनकुमारीका नाममा कित्ता नम्बर–३६ को एक रोपनी दुई पैसा जग्गा संयुक्त रूपमा नै भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले शाहविरुद्ध २९ करोड ३२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा चलाउन राय दिएको थियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना