भदौ १०, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको कृषिमा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन् ।
आरजुको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर तथा समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल र माओवादीकी रुपा चौधरी छन् ।