११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ: बालेन साह

१४ भाद्र २०८०, बिहीबार १२:२१

भदौ १४, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् । 

बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले,  सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभावमा नगरी इमान्दार पूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन् ।  

नगर प्रहरी वलले, कसैको प्रभावमा नगरी कार्य गरेको दाबी गरे । उनले सोही अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत कार्य गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे । 


 ‘जसरी हाम्रो नगर प्रहरी वल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक प्रभावविना सुशासनको लागि दबाब विना काम गर्न सफल भएको छ । त्यसरी नै हाम्रो नेपाल प्रहरीको महानिरिक्षक ज्यु पनि हुनुहुन्छ, शसस्त्र प्रहरीका महानिरिक्षक ज्यु पनि हुनुहुन्छ ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले नि यसरी नै कुनै पोलिटिकल दबाबमा नआइकन गर्दिनु भयो भने नेपाल प्रहरी, नगर प्रहरी, शसस्त्र प्रहरीलगायत सिडियो कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौ । त्यसको लागि यहाँहरुले ध्यान दिनुभयो भने हामी सबै मिलेर सहकार्यमा काम गर्न सक्छौ ।’

महानगरले प्रहरी दिवसको अवसरमा नगर प्रहरी वलबाट नगरमा सुशासन कायम गर्न सहयोग पु¥याएको तथा उत्कृष्ट काम गरेका नगर प्रहरीलाई सम्मान गरेको छ। 

महानगरले नगर प्रहरी वलका सहायक निरीक्षक लिला थापा क्षेत्रिलाई महानगर गौरव पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, उत्कृष्ट महानगर प्रहरी पुरस्कारबाट नगर प्रहरी निरिक्षक विष्णुराज शर्मा दाहाल सम्मानित भए । महानगर प्रहरी पुरस्कारबाट भने नगर प्रहरी नायव निरीक्षक कर्ण बहादुर थापा ,नगर प्रहरी सहायक निरीक्षक नवराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमर बिक्रम कार्की, नगर प्रहरी हवल्दार शुरेस डेउडा, नगर प्रहरी हवल्दार रामप्रसाद भूसाल सम्मानित भएका छन् । 

नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ स् बालेन साह 

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् । 

बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले,  सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभावमा नगरी इमान्दार पूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन् ।  

नगर प्रहरी वलले, कसैको प्रभावमा नगरी कार्य गरेको दाबी गरे । उनले सोही अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत कार्य गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे । 

 ‘जसरी हाम्रो नगर प्रहरी वल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक प्रभावविना सुशासनको लागि दबाब विना काम गर्न सफल भएको छ । त्यसरी नै हाम्रो नेपाल प्रहरीको महानिरिक्षक ज्यु पनि हुनुहुन्छ, शसस्त्र प्रहरीका महानिरिक्षक ज्यु पनि हुनुहुन्छ ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले नि यसरी नै कुनै पोलिटिकल दबाबमा नआइकन गर्दिनु भयो भने नेपाल प्रहरी, नगर प्रहरी, शसस्त्र प्रहरीलगायत सिडियो कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौ । त्यसको लागि यहाँहरुले ध्यान दिनुभयो भने हामी सबै मिलेर सहकार्यमा काम गर्न सक्छौ ।’

महानगरले प्रहरी दिवसको अवसरमा नगर प्रहरी वलबाट नगरमा सुशासन कायम गर्न सहयोग पुर्याएको तथा उत्कृष्ट काम गरेका नगर प्रहरीलाई सम्मान गरेको छ। 

महानगरले नगर प्रहरी वलका सहायक निरीक्षक लिला थापा क्षेत्रिलाई महानगर गौरव पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, उत्कृष्ट महानगर प्रहरी पुरस्कारबाट नगर प्रहरी निरिक्षक विष्णुराज शर्मा दाहाल सम्मानित भए । महानगर प्रहरी पुरस्कारबाट भने नगर प्रहरी नायव निरीक्षक कर्ण बहादुर थापा ,नगर प्रहरी सहायक निरीक्षक नवराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमर बिक्रम कार्की, नगर प्रहरी हवल्दार शुरेस डेउडा, नगर प्रहरी हवल्दार रामप्रसाद भूसाल सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा