३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकै पटक नेपाल प्रहरीका ४८ जना एसपी र १२० जना डीएसपीको सरुवा

१६ भाद्र २०८०, शनिबार ०३:१९

भदौ १६, काठमाडौँ । एकै पटक नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको सरुवा गरेको छ । 

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको जनाइएको छ । 

जसमा जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई पठाइएको छ भने सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरमा वेद विष्टलाई सरुवा गरिएको छ । रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, सुनसरीमा विपिन रेग्मी, उदयपुरमा रमेश थापा, इलाममा वासुदेव खतिवडा, कास्कीमा मोहन कुमार थापा, दाङमा रामबहादुर केसीलाई पठाइएको छ ।  

प्रहरी महानिरीक्षक बसन्त कुँवरले १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेका छन् । योसँगै केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।  

जसमा अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवस्रोत विकास विभागमा कार्यरत थिए ।

प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । 

यसैगरी प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्की, कालिकोटमा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, पर्वतमा खुमलाल भुसाल तथा सङ्खुवासभामा घनश्याम श्रेष्ठलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो