2026-07-11 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादको भविष्य उज्वल छ, हाम्रो जीत सुनिश्चित छ : अध्यक्ष प्रचण्ड

भदौ १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको भविष्य उज्वल बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको आज बिहान उद्घाटन गर्दै प्रचण्डले इतिहासबाट पाठ सिक्दै क्रान्तिकारी र भरोसा योग्य पार्टी बनाउने बताएका हुन्।

उनले भने, ‘सुनौलो भविष्य निर्माणमा केन्द्रित हौं, समाजवादको भविश्य उज्वल छ र हाम्रो जीत सुनिश्चित छ।’

हिजो विद्रोह (क्रान्ति) गरेको क्षण स्मरण गर्दै प्रचण्डले अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने दाबी गरे। उनले भने, ‘मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति समर्पित हुँदै अगाडि बढ्छु। मेरो बाँकी जीवन नेपाली चरित्रअनुरुप देश र जनताको पक्षमा समर्पित गर्नेछु। समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु।’ 

कतिपय गल्ती भए आत्मालोचना गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले जनताले देखेका सपना पूरा गर्न राजनीति र संगठनसँगै रहेको अठोट व्यक्त गरे। 

उनले सरकारले चालेको सुशासनको अभियानको सबैतिर प्रशंसा भइरहेको दाबी गरे ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित