2026-07-11 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो?’

भदौ २१, काठमाडौँ | नेपाली कांग्रे‍सका सांसद गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त आक्रमणलाई एक सन्काहाले सन्केर हान्यो भनेर सामान्यकृत गर्न नमिल्ने बताए।

उक्त आक्रमणसँग जोडिएका अन्य सबै पक्षको उजागर हुनुपर्ने उनको भनाइ थियो। ‘कांग्रेसको तर्फबाट सचेत गराउन चाहन्छु, ध्यानकार्षण गराउन चाहन्छु, घटना कसरी भयो? किन भयो? गहिरो अनुसन्धान होस् र योसँग जोडिएका अन्य सबै पक्षको उजागर होस्,’ उनले भने।

उनले उक्त आक्रमण र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई संकेत गर्दै जिउधनको सुरक्षाबारे पनि सरकारसँग प्रश्न गरे। उनले भने, ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु। के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नाइँ?’

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ ठाउँमा अपराधीलाई छाडिने छैन भन्ने अभिव्यक्ति दिँदै आएकोमा जिम्मा लिएकाले बोल्ने नभइ परिणाममा देखाउनुपर्ने भनाइ उनले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित