भदौ २१, काठमाडौँ | नेपाल तरुण दलले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण केन्द्रीय सदस्यहरूको भेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तत्काल राजीनामा समेत माग गरिएको छ ।
घटनाको भर्त्सना गर्दै अध्यक्ष विद्वान गुरुङले आन्दोलनको कार्यक्रम घोषणा गरे । जसअनुसार शुक्रबार दिउँसो रत्नपार्क शान्ति बाटिका विरोध सभा र र्याली गर्ने तरुण दलले जनाएको छ ।