२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’

२०८०, २१ भाद्र बिहीबार ०९:१६

भदौ २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् । 

‘कुनै मानिसले खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’, लेखकले भने, ‘खुकुरी प्रहार गरेर नेपाली कांग्रेस सकिन्छ र मर्छ भनेर यदि कसैलाई लागेको छ र भ्रम छ भने अहिलेबाटै त्यो भ्रम निकाले हुन्छ । खुकुरी प्रहारबाट कांग्रेस मर्दैन, सकिँदैन ।’

उनले लोकतन्त्रको पक्षमा अविचलित ढङ्गले उभिएको पर्वत भएको पनि लेखको भनाइ छ । उनले राणा, पञ्चायत र राजाले टाउको जुधाउँदा उनीहरूकै टाउको फुटेको भन्दै कांग्रेस, एमाले र माओवादीलगायतका सङ्घीयता पक्षधर दलहरू पुराना हुन् निकास दिन सक्दैनन् भनेर कृत्रिम भाष्य तयार गर्नेहरूको सपना पुरा नहुने बताए । 

श्यामबहादुर सापकोटाको हातमा भएको खुकुरी कसैले पुर्‍याएको भन्दै खुकुरीको लक्ष्य यादव मात्रै हो कि त्यो भन्दा माथि को छ र त्यो प्रवृत्ति को हो भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार