२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

२०८०, ४ आश्विन बिहीबार ०८:०२

असोज ४, संखुवासभा | प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन्। 

पाँचखपन नगरपालिका-७ बिहीबार बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा उनीहरुले प्रहरी कर्मचारी माथि नै हातपात तथा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

उनीहरुले हातपात गर्दा १ जना प्रहरी कर्मचारी समेत घाइते भएका छन्। घाइतेको बाना स्वास्थ्य चौकीमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता