Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकलाई कुरा होइन, काम गरेर परिणाम दिनुपर्छ: कानुनमन्त्री गुरुङ

२०८०, १४ आश्विन आईतवार ०२:५७

असोज १४, धुलिखेल | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित  ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रममा उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए । 

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताए ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गरे । मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उनले बताए ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले आयोजक संस्थाले भुम्लुलाई छनोट गरी सेवा दिनका लागि सहकार्य गरेकामा खुसी व्यक्त गर्नुभयो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक गभर्नर चन्द्रकुमार केसीले गाउँका दूरदराजमा रहेको नागरिकमा सेवा पुर्याउनका लागि सेवा प्रदान गरेको बताए ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्लले परीक्षणको क्रममा जन्मजात मुटुमा समस्या देखिएका बालबालिकाका लागि गङ्गालाल हृदय रोग निवारण केन्द्रमा उपचार गर्ने व्यवस्था मिलाउने जानकारी दिए । 

भुम्लु गाउँपालिका र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा संयुक्त आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छ सय जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो