2026-10-19 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो

काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि संघको विधानअनुसार नयाँ व्यवस्थापन तथा निर्वाचन प्रक्रिया अघि बढाइएको छ। संघले जारी गरेको प्रेस नोटमार्फत विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको नेतृत्वमा प्रवन्ध समिति गठन गरिएको तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनअनुसार विशेष साधारण सभा र निर्वाचनको तयारी भइरहेको जनाएको छ।

संघका अनुसार पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सल्लाहकार तथा विभिन्न घटकका प्रतिनिधिहरूको सहभागितामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायसँग प्रत्यक्ष सम्बन्धित सेवा शुल्क, मागपत्र प्रमाणीकरण, प्रक्रिया सरलीकरण, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा गम्भीर छलफल भएको संघले जनाएको छ।

संघले मन्त्रीबाट प्राप्त सकारात्मक धारणा र प्रतिबद्धताले व्यवसायीहरूको जायज माग सम्बोधन हुने तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन नीतिगत सुधार अघि बढ्ने विश्वास व्यक्त गरेको छ। साथै क्षेत्रका समस्या समाधान तथा व्यवसायीहरूको हकहित संरक्षणका विषयमा देखाइएको सकारात्मक सोच र प्रतिबद्धताप्रति मन्त्री यादवलाई धन्यवाद ज्ञापन गरेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयको निर्देशन तथा संघको विधानअनुसार २०८३ साल जेठ २४ गते विशेष साधारण सभा सहितको निर्वाचन सम्पन्न गर्ने मिति तय गरिएको संघले जनाएको छ। निर्वाचन प्रयोजनका लागि प्रतिनिधि संकलनको कार्य जारी रहेको बताइएको छ।

संघले वर्तमान विशेष परिस्थितिमा सम्पूर्ण व्यवसायीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै संघलाई स्थायित्व, विकास र सक्षम नेतृत्व प्रदान गर्न सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ। साथै वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुहरू सार्वजनिक गर्न सहयोग गर्ने सञ्चारकर्मी तथा पत्रकारहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ