2026-09-30 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो

काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि संघको विधानअनुसार नयाँ व्यवस्थापन तथा निर्वाचन प्रक्रिया अघि बढाइएको छ। संघले जारी गरेको प्रेस नोटमार्फत विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको नेतृत्वमा प्रवन्ध समिति गठन गरिएको तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनअनुसार विशेष साधारण सभा र निर्वाचनको तयारी भइरहेको जनाएको छ।

संघका अनुसार पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सल्लाहकार तथा विभिन्न घटकका प्रतिनिधिहरूको सहभागितामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायसँग प्रत्यक्ष सम्बन्धित सेवा शुल्क, मागपत्र प्रमाणीकरण, प्रक्रिया सरलीकरण, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा गम्भीर छलफल भएको संघले जनाएको छ।

संघले मन्त्रीबाट प्राप्त सकारात्मक धारणा र प्रतिबद्धताले व्यवसायीहरूको जायज माग सम्बोधन हुने तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन नीतिगत सुधार अघि बढ्ने विश्वास व्यक्त गरेको छ। साथै क्षेत्रका समस्या समाधान तथा व्यवसायीहरूको हकहित संरक्षणका विषयमा देखाइएको सकारात्मक सोच र प्रतिबद्धताप्रति मन्त्री यादवलाई धन्यवाद ज्ञापन गरेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयको निर्देशन तथा संघको विधानअनुसार २०८३ साल जेठ २४ गते विशेष साधारण सभा सहितको निर्वाचन सम्पन्न गर्ने मिति तय गरिएको संघले जनाएको छ। निर्वाचन प्रयोजनका लागि प्रतिनिधि संकलनको कार्य जारी रहेको बताइएको छ।

संघले वर्तमान विशेष परिस्थितिमा सम्पूर्ण व्यवसायीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै संघलाई स्थायित्व, विकास र सक्षम नेतृत्व प्रदान गर्न सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ। साथै वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुहरू सार्वजनिक गर्न सहयोग गर्ने सञ्चारकर्मी तथा पत्रकारहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री