असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई दे"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा भारतसामु १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

१९ आश्विन २०७३, बुधबार ०१:२५

असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ। प्रबुद्ध समूहको नयाँदिल्लीस्थित सचिवालयमा सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै सन्धि संशोधनको प्रस्ताव राखेका हुन् । 

‘हामीले सन् १९५० को शान्ति तथा मैत्री सन्धी संशोधनको प्रस्ताब गर्‍यौ’ संयोजक थापाले भने, ‘अब यसबारे दुबैपक्षबीच छलफल सुरु भयो।’ नेपाली पक्षको मागअनुसार १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ। नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिस गर्न प्रबुद्ध समूह गठन गरिएको हो। समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुनेछ।

१९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानहरूमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायत विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो। दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको छ। भियनालगायत अन्य सन्धि–सम्झौता भएपछि सन् १९५० को सन्धिका केही प्रावधान प्रभावकारी नभएकाले त्यसलाई हटाउनुपर्ने प्रस्ताव नेपाली पक्षले गरेको हो।

‘सन् १९५० को सन्धि दुवै पक्षलाई कसरी अझ स्वीकार्य बनाउने भन्ने विषयमा व्यापक कुराकानी भएको छ तर त्यसमा अहिलेसम्म कुनै ठोस प्रगति भइसकेको छैन,’ भारतीय प्रबुद्ध समूहका सदस्य महेन्द्र पी लामाले भने। उनले नेपाली पक्षले राखेको सुरक्षालगायत विषयमा समेत कुराकानी भएको जानकारी दिए।

मंगलबारको बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य लामाले नेपाल र भारतबीच भएका पारवहन सन्धिहरूको अवस्था र त्यसमा गर्नुपर्ने सुधारहरू सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। लामाले आफू नेपालको पारवहन अधिकारीलाई अझै सुदृढ कसरी गर्न सकिन्छ भन्नेबारे केन्द्रित रहेको बताए। उनले भारतले हालै अन्तर्राष्ट्रिय रूपमा गरेका पारवहनसम्बन्धी योजनाहरूमा नेपाललाई कसरी सहभागी गराउने भन्ने विषयमा पनि छलफल भएको बताए। ‘भारतको पछिल्लो पहल दक्षिण पूर्वी एसियाली मुलुकहरूसँग जोडिने परियोजनामा नेपाललाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको छ,’ लामाले भने। नेपालले अहिले उपयोग गरिरहेको पारवहन सुविधा, विशाखापटनम बन्दरगाहलगायत विषयमा समेत छलफल भएको थियो। लामाले सामान्य प्रक्रियागत कुराभन्दा पनि भावी पारवहनको महत्त्वपूर्ण विषयहरूमा कुराकानी भएको बताए। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली