असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई दे"/>
2026-06-20 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा भारतसामु १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

असोज १९, नयाँदिल्ली | नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ। प्रबुद्ध समूहको नयाँदिल्लीस्थित सचिवालयमा सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै सन्धि संशोधनको प्रस्ताव राखेका हुन् । 

‘हामीले सन् १९५० को शान्ति तथा मैत्री सन्धी संशोधनको प्रस्ताब गर्‍यौ’ संयोजक थापाले भने, ‘अब यसबारे दुबैपक्षबीच छलफल सुरु भयो।’ नेपाली पक्षको मागअनुसार १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ। नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिस गर्न प्रबुद्ध समूह गठन गरिएको हो। समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुनेछ।

१९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानहरूमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायत विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो। दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको छ। भियनालगायत अन्य सन्धि–सम्झौता भएपछि सन् १९५० को सन्धिका केही प्रावधान प्रभावकारी नभएकाले त्यसलाई हटाउनुपर्ने प्रस्ताव नेपाली पक्षले गरेको हो।

‘सन् १९५० को सन्धि दुवै पक्षलाई कसरी अझ स्वीकार्य बनाउने भन्ने विषयमा व्यापक कुराकानी भएको छ तर त्यसमा अहिलेसम्म कुनै ठोस प्रगति भइसकेको छैन,’ भारतीय प्रबुद्ध समूहका सदस्य महेन्द्र पी लामाले भने। उनले नेपाली पक्षले राखेको सुरक्षालगायत विषयमा समेत कुराकानी भएको जानकारी दिए।

मंगलबारको बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य लामाले नेपाल र भारतबीच भएका पारवहन सन्धिहरूको अवस्था र त्यसमा गर्नुपर्ने सुधारहरू सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। लामाले आफू नेपालको पारवहन अधिकारीलाई अझै सुदृढ कसरी गर्न सकिन्छ भन्नेबारे केन्द्रित रहेको बताए। उनले भारतले हालै अन्तर्राष्ट्रिय रूपमा गरेका पारवहनसम्बन्धी योजनाहरूमा नेपाललाई कसरी सहभागी गराउने भन्ने विषयमा पनि छलफल भएको बताए। ‘भारतको पछिल्लो पहल दक्षिण पूर्वी एसियाली मुलुकहरूसँग जोडिने परियोजनामा नेपाललाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको छ,’ लामाले भने। नेपालले अहिले उपयोग गरिरहेको पारवहन सुविधा, विशाखापटनम बन्दरगाहलगायत विषयमा समेत छलफल भएको थियो। लामाले सामान्य प्रक्रियागत कुराभन्दा पनि भावी पारवहनको महत्त्वपूर्ण विषयहरूमा कुराकानी भएको बताए। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ