१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घुँडामुनि सुन्निएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु, आफन्तद्वारा नाराबाजी

१० पुष २०८०, मंगलवार ०८:३८

पुस १०, काठमाडौँ | झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले सोमबार साँझदेखि नै अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । 


उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका– ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।  

बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन ।  लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ । 

अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको मृतकका मामा ओझाले बताए । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार