2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युट्युबमा दुई करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बने मोदी

पुस ११, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडियामा सर्वाधिक पछ्याइने वैश्विक नेतामध्ये एक हुन् ।

सोसल मिडियामा आफ्नो लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउने क्रममा मोदीले युट्युबमा नयाँ कीर्तिमान राखेका छन् । उनी युट्युबमा दुई करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बनेका छन् ।

युट्युबमा सब्सक्राइबर्स तथा भ्युजको मामिलामा मोदीले विश्वका आफ्ना सबै प्रतिद्वन्द्वी नेताहरुलाई निकै पछि पारेका छन् ।


मोदीको युट्युब च्यानलमा सब्सक्राइबर संख्या २ करोड नाघेको छ भने त्यसमा राखिएका भिडियोहरुमा कुल भ्यूज चार अर्ब ५० करोड रहेको छ ।

स्मरण रहोस् गत वर्षको फेब्रुअरीमा मात्रै मोदीको युट्युब च्यानलका सब्सक्राइबरको संख्याले एक करोडको आँकडा पार गरेको थियो ।

मोदीको युट्युब च्यानलमा सबैभन्दा लोकप्रिय तीनवटा भिडियो छन् जसको कुल भ्युज १७ करोड ५० लाख छ ।

नरेन्द्र मोदीपछि युट्युबमा सर्वाधिक सब्सक्राइबर हुने नेताको दोस्रो नम्बरमा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोलसोनारो छन् । उनको युट्युब च्यानका सब्सक्राइबर्स ६४ लाख छन् ।

तेस्रो स्थानमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको युट्युब च्यानलमा ११ लाख सब्सक्राइबर्स छन् भने चौथो स्थानमा अमेरिकी राष्ट्रपति जो बाइडेन छन्, जसको युट्युब च्यानलका सब्सक्राइबर्सको संख्या ७ लाख ९४ हजार छन् ।

यसैबीच चालु डिसेम्बर महिनामा नरेन्द्र मोदीको युट्युब च्यानलको कुल भ्यूज २२ करोड ४० लाख रहेको छ । यो पनि सर्वाधिक भ्युजको रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग