2026-06-19 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ पुर्जीबारे विप्लव : सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने ?

पुस ११, काठमाडौँ | नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापिएको थियो । विप्लवले त्यसबारे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए ।

मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरु विरुद्धको प्रक्राउ पुर्जी शान्ति प्रक्रिया र गणतन्त्र विरुद्धकै षडयन्त्र भएको टिप्पणी गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आफूहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको पनि बताए ।

उनका अनुसार आज बिहानको बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चाका आगामी कार्यक्रम लगायतका विषयमा छलफल सुरु भएको छ । छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग