१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५ महिनामा ४१४ विदेशीलाई नेपालमा श्रम स्वीकृति

११ पुष २०८०, बुधबार ०८:३३

पुस ११, काठमाडौं | पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ ।


तथ्यांक अनुसार मंसिर महिनामा मात्र ११० जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् । यस महिनामा १५९ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको विभागको तथ्यांक रहेको छ । यो अवधिसम्म प्रतिष्ठान काम काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे १२ वटा अनुगमन भएको विभागले जनाएको छ ।

मंसिरसम्म थप एक ट्रेड यूनियन महासंघ दर्ता भएको छ । दुई वटा ट्रेड युनियन दर्ता भएका छन् । ट्रेड युनियन नवीकरणको संख्या ७ रहेको छ । यो अवधिमा २ वटा औद्योगिक दुर्घटनाको उजुरी आएको विभागले जनाएको छ ।

विभागमा श्रमिकबाट ३८७ दाबी उजुरी र ७३ वटा सामूहिक उजुरी परेको छ । यो अवधिमा २३६ वटा श्रमिक आपूर्तिकर्ताको इजाजत नवीकरण भएको छ । १८६ वटा श्रम विवाद यो अवधिमा समाधान गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार