२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलको आक्रमणबाट पछिल्लो २४ घण्टामा २४१ प्यालिस्टिनीको मृत्यु

२०८०, ११ पुष बुधबार ११:३३

पुस ११, काठमाडौँ | इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा मात्रै २४१ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ सर्वसाधारण मारिएका बताएको हो। 

गाजामा अहिले पनि इजरायली सेनाको कारबाही जारी छ। प्यालिस्टिनी राष्ट्रपति महमूद अब्बासले जारी युद्धलाई आफ्ना नागरिकविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। 

इसराइली सेना के प्रमुख हर्जी हलेवीले हमासविरुद्धको कारबाही अझै केही मेहिनासम्म जारी रहने बताएका छन्। मध्य गाजामा स्थल अभियानको चर्चाका बीच इजरायले मंगलबार १०० भन्दा बढी केन्द्रहरुमा कारबाही गरिएको बताएका छन्। 

इजरायलसँग सीमा जोडिएका गाजाका केही क्षेत्रमा बुधबार बिहान पनि ठूलो धमाकाको आवाज सुनिएको थियो। 

प्यालिस्टिनी स्रोतहरुले बीबीसीलाई बताएअनुसार वेस्ट बैंकको नूर शम्स शरणार्थी शिविरमा इजरायलले रातभर ड्रोन हमला गरेको छ। उक्त हमलामा कम्तीमा ६ जना प्यालिस्टिनी मारिएका बताइएको छ। 

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका बताएको छ। मन्त्रालयका अनुसार पछिल्लो ११ हप्तादेखि चलिरहेको यो युद्धमा मारिने प्यालिस्टिनीको संख्या २० हजार ९१५ पुगेको छ। मारिनेमा धेरैजसो महिला तथा बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी