२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय बजारमा बढ्यो तेलको भाउ

२०८०, १२ पुष बिहीबार ०६:२९

पुस १२, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अघिल्लो दिनको कारोबारमा तीव्र कमीपछि बिहीबार तेलको भाउमा सुधार आएको हो । मध्यपूर्वमा तनाव बढिरहेको भए पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केही खुकुलो बनेपछि तेलको भाउले टेवा पाएको हो ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो । ढुवानी गर्ने प्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेपछि बुधबारको कारोबारमा दुवै बेञ्चमार्कको भाउ २ प्रतिशतले घटेको थियो ।

यो समाचार तयार पार्दासम्म ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५३ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ६६ सेन्टमा पुगेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि शून्य दशमलव ५० प्रतिशतले बढेर ७४ डलर १५ सेन्ट पुग्यो । लाल सागर भएर हुने ढुवानीमा केही सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी छ । यस क्षेत्रको द्वन्द्वमा इरानको संलग्नताले तेल विक्री थप अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । यस्तोमा तेल बजार पुनः बढ्न सक्ने बताइएको छ । डेनिश ढुवानी कम्पनी मेयस्र्कले आगामी हप्तादेखि स्वेज नहर र लाल सागर भएर दर्जनौँ कन्टेनर जहाज पठाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी