२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाको विन्दुमा

२०८०, १२ पुष बिहीबार ०७:१६

पुस १२, काठमाडौं | राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

आइतबार पहिलो सुनवाइ भएको थियो भने सोमबार र मङ्गलवार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो । हिजो बुधवार सुनवाइले निरन्तरता पायो । दुई दिनको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका छन् । वादी पक्षबाट १० जना वकिलहरूले बहस गरेका थिए ।

प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले हिजो बहस गरे । आज थप ६ जना अधिवक्ताहरूले बहस गर्नेछन् । सन्दीपको पक्षबाट बहस गर्न पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ सहितको बलियो टीम छ । वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, सरोज घिमिरे, सविता भण्डारी लगायतले आज बहस गर्ने छन् ।

सन्दीपका कानून व्यवसायीहरूको टीमले आजै फैसला आवस् भन्ने हिसाबले छिटो बहस सिध्याउने तयारी गरेका छन् । दिउँसो ३ बजेसम्ममा बहस सिध्याउने उनीहरूको योजना छ । त्यसपछि फेरि वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । र, न्यायाधीशले फैसला सुनाउनेछन् । फैसला आजै हुन्छ वा हुँदैन भन्न सकिने अवस्था छैन । यद्यपि, सम्भावना छ ।

यता जिल्ला अदालतमा आफ्नो भाग्य फैसला भइरहँदा सन्दीप भने काठमाडौंमा छैनन् । उनी प्रो क्लब च्याम्पियनसीप टी-२० क्रिकेट खेल्न वीरगञ्ज पुगेका हुन् । यो प्रतियोगितामा उनले पर्सा ११ को कप्तानी गरिरहेका छन् । आजै उनको टिमको म्याच पनि छ । अदालतमा अन्तिम रस्साकस्सी भइरहँदा उनी मैदानमा प्रतिस्पर्धीसँग भिडिरहेका हुनेछन् ।

यता, जाहेरीकर्ता गौशाला २६ भने सम्भवतः अदालतमै हुनेछिन् । उनी हिजो बहस सुन्न जिल्ला अदालत उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी