१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन् बिक्रम !

१२ पुष २०८०, बिहीबार ०७:३०

पुस १२, पाल्पा | पाल्पाको पुर्वखोला गाउँपालिका- १ सिलुवाका २३ वर्षे बिक्रम पंगेनी वैदेशिक रोजगारीको लागि साउदी अरब जाने फ्लाई दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन्।

पंगेनी गत पुस ६ गते फ्लाईदुबई मार्फत साउदी अरेबिया जाने तरर्खरमा रहेका थिए। तर, प्लेनको टिकटमा भएको मितिमा झुक्किएर उनको फ्लाई मिस भएको थियो।


वैदेशिक रोजगारीमा जाने टिकटमा सामान्य त्रुटि भएर निराश भएका भाइ विगत एक सातादेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन भएर हराइरहेको दाजु सागर पंगेनीले जानकारी दिए।

‘वैदेशिक रोजगारीको लागि भाइ साउदी अरेबिया जाने तयारीमा थिए। फ्लाइटको टाइमिङमा झुक्किँदा उनी उड्न पाएनन्,’ हराइरहेका बिक्रमका दाइ सागरले नागरिकसँग भने‘भाइ पुस ६ गते बेलुकादेखि परिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन्। त्यसैले जहाँ भएपनि तत्कालै परिवारसँग सम्पर्कमा आउन अनुरोध गर्दछु।’

बिक्रमले फ्लाईदुवई मार्फत साउदी अरब जानका लागि  पुस ६ गते बिहान पख १२ः ४५ बजेको टिकट काटेका थिए। तर उनी झुक्किएर पुस ६ गते बेलुका १२ः ४५ बजेको फ्लाइट समय भन्दै विमानस्थल पुगेका थिए। 

उनलाई ६ गते बेलुका साढे ९ बजे आफन्त तथा इष्टमित्र विमानस्थलमा बिदाइ गर्न समेत पुगेका थिए। उनी आफन्तसँग बिदाइ भएपछि थप प्रक्रियाको लागि अघि बढेका थिए।

परिवारका सदस्यले विक्रम हराएको भन्ने कुरा सूचना साउदी अरेबियामा रहेका आफन्तजनले  उनी नआएको बताएसँगै विक्रम हराएको पुष्टि भएको थियो। ‘साउदी अरेबियामा रहेका आफन्तले विक्रम नआएको जानकारी गराएसँगै भाइको सोधखोज गर्न थाल्यौँ,’ सागरले भने, ‘परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा विक्रम पुस ६ गते बेलुका फ्लाइट नभएर निराश हुँदै विमानस्थलबाट फर्किरहेको देख्यौँ। तर, भाइ अहिलेसम्म न त परिवारको सम्पर्कमा आएका छन्। न त आफन्तको नै। त्यसैले अहिले हामी सबै मिलेर खोजी कार्य गरिरहेका छौँ।’

परिवारका सदस्यले पुस ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा पनि विक्रम हराएको भन्दै सोधखोजको लागि निवेदन दिइसकेका छन्। परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा पुस ६ गते बेलुका ११ः१९ बजे विक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट लगेज गुडाउँदै बाहिर निस्किएको दृश्य देखिएको थियो। त्यहाँदेखि विक्रम परिवारको सदस्यसँग सम्पर्कमा छैनन्। ‘विमानस्थलको सिसी क्यामेरामा विक्रम विमानस्थलको गेटबाट बाहिरिएसँगै कुनै एक जना मान्छेसँग कुराकानी गरेर सिनामंगलतर्फ गइरहेको दृश्य देखिएको छ,,’ दाइ सागरले भने। आफन्तले हराइरहेका बिक्रमलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६९४५७५४६ नम्बरमा सम्पर्क गराइदिन अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार