२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन् बिक्रम !

२०८०, १२ पुष बिहीबार ०७:३०

पुस १२, पाल्पा | पाल्पाको पुर्वखोला गाउँपालिका- १ सिलुवाका २३ वर्षे बिक्रम पंगेनी वैदेशिक रोजगारीको लागि साउदी अरब जाने फ्लाई दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन्।

पंगेनी गत पुस ६ गते फ्लाईदुबई मार्फत साउदी अरेबिया जाने तरर्खरमा रहेका थिए। तर, प्लेनको टिकटमा भएको मितिमा झुक्किएर उनको फ्लाई मिस भएको थियो।


वैदेशिक रोजगारीमा जाने टिकटमा सामान्य त्रुटि भएर निराश भएका भाइ विगत एक सातादेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन भएर हराइरहेको दाजु सागर पंगेनीले जानकारी दिए।

‘वैदेशिक रोजगारीको लागि भाइ साउदी अरेबिया जाने तयारीमा थिए। फ्लाइटको टाइमिङमा झुक्किँदा उनी उड्न पाएनन्,’ हराइरहेका बिक्रमका दाइ सागरले नागरिकसँग भने‘भाइ पुस ६ गते बेलुकादेखि परिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन्। त्यसैले जहाँ भएपनि तत्कालै परिवारसँग सम्पर्कमा आउन अनुरोध गर्दछु।’

बिक्रमले फ्लाईदुवई मार्फत साउदी अरब जानका लागि  पुस ६ गते बिहान पख १२ः ४५ बजेको टिकट काटेका थिए। तर उनी झुक्किएर पुस ६ गते बेलुका १२ः ४५ बजेको फ्लाइट समय भन्दै विमानस्थल पुगेका थिए। 

उनलाई ६ गते बेलुका साढे ९ बजे आफन्त तथा इष्टमित्र विमानस्थलमा बिदाइ गर्न समेत पुगेका थिए। उनी आफन्तसँग बिदाइ भएपछि थप प्रक्रियाको लागि अघि बढेका थिए।

परिवारका सदस्यले विक्रम हराएको भन्ने कुरा सूचना साउदी अरेबियामा रहेका आफन्तजनले  उनी नआएको बताएसँगै विक्रम हराएको पुष्टि भएको थियो। ‘साउदी अरेबियामा रहेका आफन्तले विक्रम नआएको जानकारी गराएसँगै भाइको सोधखोज गर्न थाल्यौँ,’ सागरले भने, ‘परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा विक्रम पुस ६ गते बेलुका फ्लाइट नभएर निराश हुँदै विमानस्थलबाट फर्किरहेको देख्यौँ। तर, भाइ अहिलेसम्म न त परिवारको सम्पर्कमा आएका छन्। न त आफन्तको नै। त्यसैले अहिले हामी सबै मिलेर खोजी कार्य गरिरहेका छौँ।’

परिवारका सदस्यले पुस ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा पनि विक्रम हराएको भन्दै सोधखोजको लागि निवेदन दिइसकेका छन्। परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा पुस ६ गते बेलुका ११ः१९ बजे विक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट लगेज गुडाउँदै बाहिर निस्किएको दृश्य देखिएको थियो। त्यहाँदेखि विक्रम परिवारको सदस्यसँग सम्पर्कमा छैनन्। ‘विमानस्थलको सिसी क्यामेरामा विक्रम विमानस्थलको गेटबाट बाहिरिएसँगै कुनै एक जना मान्छेसँग कुराकानी गरेर सिनामंगलतर्फ गइरहेको दृश्य देखिएको छ,,’ दाइ सागरले भने। आफन्तले हराइरहेका बिक्रमलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६९४५७५४६ नम्बरमा सम्पर्क गराइदिन अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी