१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख विजयकान्तको कोभिडका कारण मृत्यु

१२ पुष २०८०, बिहीबार ०८:११

पुस १२, काठमाडौं | भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।


उनी स्वस्थ भएको अनि परीक्षणपछि घर फर्किएको पनि पार्टीले नै बताएको थियो । तर आज पार्टीले उनको कोभिडको परीक्षण सकारात्मक आएको अनि सास फेर्न समस्या भएपछि भेन्टिलेटर सर्पोटमा राखिएको बतायो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ ।

विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए । विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४ ओटा फिल्ममा काम गरेका थिए । उनले कयौँ हिट फिल्म दिएका थिए । फिल्म पछि उनी राजनीतिमा आए अनि डीएमडीके पार्टी खोले । विरुधाचलम र ऋतिवंडियम निर्वाचन क्षेत्रबाट उनी दुई पटक विधान सभाको सांसद पनि भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार