2026-06-20 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परपुरुषसँग भाग्न लागेको देखेपछि तोरी बारीमा श्रीमतीको हत्या

पुस १३, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार श्रीमतीको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका रन्तबहादुरले आफ्नी श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार घरनजिकैको तोरी बारीमा घाँटीमा तुनाले कसेर हत्या गरेको खुल्न आएको छ । रत्नबहादुर र उनको श्रीमतीको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो । उनीहरुका दुई वटा बच्चा थिए । बिहीबार दिउँसो श्रीमती अर्कै केटासँग भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटिलखेटि श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

‘हामीले बच्चाहरुसँग पनि कुरा ग¥यौं । बच्चाका अनुसार भाग्ने नियतले नै हिँडेका रहेछन् । श्रीमती भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटेर हत्या गरेका रहेछन्,’ कास्की प्रहरीका एसपी थापाले भने, ‘ प्रत्यक्षदर्शीले मार्न लाग्दा भेटेर नियन्त्रणमा लिनुभएको हो, हामी जाँदा श्रीमतीको मृत्यु भइसकेको थियो ।’

रत्नबहादुरले प्रेमीसँग देखेपछि श्रीमतिसहित दुवैलाई लखेटेका थिए । प्रहरीका अनुसार लखेटेर भेटाएपछि उनले श्रीमतीको घाटी थिचेर, ज्याकेटको तुनाले हत्या गएका थिए । कास्की प्रहरी प्रमुख थापाका अनुसार रत्नबहादुर हत्या गरेको स्वीकार गरिसकेका छन् ।

‘उहाँ(रत्नबहादुर) ले हत्या गरेको स्वीकार गरिसक्नुभएको छ । फोटो भिडियो हेर्दा पनि उहाँले हत्या गरेको पुष्टि हुन्छ,’ एसपी थापाले भने ।

श्रीमती अर्कै प्रेमीसँग रहेको कुरा रत्नबहादुरलाई पहिलेदेखि नै थाहा थियो ।

प्रहरीका अनुसार रत्नबहादुरले एकपटक अर्कैसँग गएकी श्रीमतीलाई फिर्ता लिएका थिए । रत्नबहादुरले ४/५ वर्षअघि देखि पोखरामा मजदुरी गर्दै आएका थिए । उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ