१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन

१३ पुष २०८०, शुक्रबार ०८:५६

पुस १३, काठमाडौँ | ग्वार्कोस्थित ईपीएस कार्यालयले १८ जनालाई आज बोलाएको थियो । एक सार्वजनिक सूचना जारी गर्दै सुरज पाठकसहित १८ जना बिहान १० बजे नै कार्यालयमा पुगिसकेका थिए । उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशअनुसार नै कार्यालयले उनीहरूलाई शाखा कार्यालयमा आवेदन दिन बोलाएको थियो ।

आवश्यक कागजातसहित उनीहरू पुगे र आवेदनका लागि निवेदन दिइसकेका थिए । त्यही बेला कार्यालय बाहिर मानिसहरूको बाक्लो भीड लागिरहेको थियो । बाहिरको भीड पनि त्यही १८ जनामध्येकै थिए । सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा अदालत गएर १८ जनाले अन्तरिम आदेश पाएर आवेदन दिन पाए । तर, अन्यले नपाएपछि बाहिरको भीड आक्रोशित बन्दै गयो । कार्यालय परिसरमा भीड निकै बढेपछि सुरक्षा उपस्थिति पनि थपिँदै गयो । ईपीएस कार्यालयका निर्देशन गुरूदत्त सुवेदीले उनीहरू बाहिर शान्तिपूर्ण विरोध प्रदर्शनमा आएकाले बल प्रयोग गर्न प्रहरीसँग अनुरोध गरेका थिए ।


त्यही आधारमा केही समयसम्म सामान्य धकेलाधकेलको अवस्था थियो । त्यहीबीचमा प्रहरीले भीडमाथि बल प्रयोग गरिदियो । र उनीहरू थप आक्रोशित बने । र बालकुमारीको मुख्य सडकतर्फ लागे । जहाँ उनीहरूको आन्दोलन भड्किलो बन्न पुग्यो ।

‘प्रहरीलाई बल प्रयोग नगरिदिनुहोला भनेर अनुरोध गरेको थिए । गृहमन्त्रालयमा समेत यो विषयमा जानकारी गराएका थिए । तर, प्रहरीले लाठ्ठी चार्ज गरेपछि उनीहरू आक्रोशित बन्न पुगेछन्’ निर्देशक सुवेदीले भने ।  

निर्देशक सुवेदी त्यही विषयमा छलफल गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका थिए । उनी मन्त्रालयमा भएको समय उता कार्यालयमा भने आन्दोलनकारीले भौतिक पूर्वाधार मन्त्रीको गाडी नै जलाइदिए । प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका उनीहरूले मन्त्रीकै गाडीमा आगजानी गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार