२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतमा टेस्लाको ईभी फ्याक्ट्री खोल्दै एलन मस्क

२०८०, १३ पुष शुक्रबार ०९:२८

पुस १३, काठमाडौँ | विद्युतीय सवारी निर्माता टेस्लाले पहिलो पटक भारतमा म्यानुफ्याक्चर प्लान्ट बनाउने भएको छ । भारतीय सञ्चारमाध्यम अहमदाबाद मिररले आगामी जनवरी, २०२४ मा टेस्लाले भारतकाे गुजरातमा प्लान्ट स्थापनाको घोषणा गर्न लागेको दाबी गरेको छ ।

उक्त मिडियाका अनुसार गान्धीनगरमा हुने 'भाइब्रेन्ट गुजरात समिट २०२४' मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क उपस्थित हुनेछन् । सोही कार्यक्रममा मस्कले म्यानुफ्याक्चर प्लान्ट स्थापनाको घोषणा गर्ने बताइएको छ ।

मिडिया रिपोर्टमा म्यानुफ्याक्चर प्लान्ट स्थापना गर्न उपयुक्त हुने ठाउँका लागि कम्पनीले गुजरात सरकारसँग छलफल गरिरहेको उल्लेख छ । उक्त राज्य सरकारले टेस्ला प्लान्टका लागि गुजरातको सानन्द, धोलेरा, बेराजीजस्ता ठाउँ प्रस्ताव गरेको समेत जनाइएकाे छ ।

एसियाली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले विद्युतीय सवारी निर्माणका लागि भारतमा टेस्ला प्लान्ट स्थापना गर्न इच्छा देखाएकाे छ । यद्यपि अहिलेसम्म टेस्ला वा गुजरात सरकारले यसबारे आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् ।

विगत केही वर्षदेखि नै टेस्ला भारतमा प्रवेश गर्न चाहेको चर्चा भइरहेको छ । गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा पनि एलन मस्कले उनीसँग भेटवार्ता गरेका थिए । सोही भेटमा उनीहरूबीच भारतमा टेस्ला प्लान्ट स्थापना गर्नेबारे छलफल भएको थियाे ।

त्यस्तै नोभेम्बरमा भारतका युनियन कमर्स मिनिस्टर पियुश गोयलले आफ्नो अमेरिका भ्रमणमा क्यालिफोर्नियामा रहेको टेस्लाको फ्याक्ट्री भ्रमण गरेका थिए ।

२०२१ मा एलन मस्कको ईभी कम्पनीले विद्युतीय सवारी साधनको आयात शुल्कमा कटौती गर्न खोजेको थियो । भारतमा सवारी साधनको आयात मूल्यको आधारमा विद्यमान दायरा ७० देखि १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत पुर्‍याउनुपर्ने उसको माग थियो ।

तर, भारतले आयात शुल्क घटाउन नचाहेपछि टेस्लाले आफ्नो कम्पनी भारतमा नलैजाने अडान राखेको थियो । त्यसबाहेक मस्कले त्यस वर्ष सुरुमा बिक्री र आयातित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए ।

अहिले भने भारत सरकारबाट सहयोगको प्रतिबद्धता पाएपछि टेस्ला भारतमा प्रवेश गर्न लागेको विश्लेषण गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी