२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुहुनो भैंसी चोरी गर्ने तीन जना पक्राउ

२०८०, १३ पुष शुक्रबार ११:१५

पुस १३, बारा । इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत पथलैया चौकीले भैंसी चोरी भएको २४ घण्टा नबित्दै चोरलाई पक्राउ गरेको छ भने भैंसीसमेत बरामद गरेको छ । कलैया उपमहानगर–२०, सखुईबाट गएराति चोरी भएको दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब २ बजेर ३० मिनेटमा पथलैया चोकबाट दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले गाडी चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रकाश राई, सोही ठेगाना भएका सहचालक २२ वर्षीय विशाल भन्ने आयुष राई र कलैया उपमहानगर वडा नं २० का २७ वर्षीय अरमान अन्सारीलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीका अनुसार भैंसी चोर्ने मुख्य नाइके अन्सारी हुन् । बा.प्र.०३–००१ च १४०५ नम्बरको पिकअप गाडी चेकजाँचको क्रममा दुहुनो भैंसी भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त भैंसी कलैया उपमहानगर–२०, सखुईका रामराज चौधरीको घरबाट चोरी भएको हो । बिहीबार राति भैंसी चोरी भएको उनले बताए ।

राति ३ बजेतिर उठेर हेर्दा गोठमा भैंसी नदेखेपछि आफूहरुले बिहान ५ बजेसम्म आसपासका क्षेत्रमा खोजी गरे पनि नभेटिएको उनले सुनाए । घरमा ६ जनाको परिवारलाई यही भैंसीको दुध बेचेर पाल्दै आएको उनको भनाइ छ । बजारमा दुहुनो भैंसीको मूल्य १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्दछ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले गाउँमा दुहुनो भैंसी र पाडा चोरी भएका धेरै उजुरी आएकाले चेकजाँचमा कडाइ गर्ने गरेको बताए । 

‘भैंसी किनबेच गरेको बिल र अन्य कागजपत्र नभएसम्म पथलैया चेकपोष्टबाट भैंसी र पाडा बोकेको गाडी अगाडि बढ्न नदिन सबै मातहतका चौकीलाई मैले निर्देशन दिइसकेको छु,’ उनले भने, ‘हामीकहाँ केही दिनअघि ३–४ वटा भैंसी चोरी भएको लिखित उजुरी आएको छ, त्यसैको चेकजाँच गर्ने क्रममा यो भैंसी भेटिएको हो ।’

दुई साता अघि जीतपुर सिमरा वडा नं १९ र २० बाटमात्रै ४ वटा भैंसी हराएको उजुरी इप्रका सिमरामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी