१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपलाई ‘धम्कीयुक्त’ म्यासेज पठाएको गौशलाद्वारा इजलासमा स्वीकार

१३ पुष २०८०, शुक्रबार १२:१९

पुस १३, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ (नाम परिवर्तन) ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखिन् । दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन् ।

न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बतायो । आफूले केही दिनअघि सन्दीप लामिछानेलाई ‘धम्कीपूर्ण’ म्यासेज पठाएको उनले इजलास समक्ष स्वीकारेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गौशाला सन्दीपलाई ‘जसरी पनि जेल हाल्ने’ आशयसहित म्यासेज गरेकी थिइन् । यस विषयमा आज सन्दीपका वकिलहरुले इजलासमा गुनासो गरेका थिए । यही विषयमा गौशालाले प्रष्टीकरण दिएको स्रोतले बतायो ।

‘हो मैले उसलाई ‘जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर’, उनको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो ।

आफ्नो भनाइ राखेपछि फैसला नहुँदै गौशाला अदालतबाट बाहिरिएकी छिन् । उनी एक व्यक्तिसँग मोटरसाइकलमा चढेर अदालतबाट बाहिरिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार