2026-06-20 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिमका खेलाडी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते

पुस १४, धनगढी | कपिलवस्तुमा सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी पनि घाइते भएका छन् । उनीहरु बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना पनि समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ