2026-09-03 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा निम्तियाे यस्ताे संकट: हजाराै नेपालीहरू प्रभावित हुने

एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटले साउदी अरेवियाको अर्थतन्त्र तहस नहस भएको छ । साउदीका ठूला ठूला कम्पनीहरु बन्द हुन थालेका छन् । सुनका विमान चढ्न् र फरारीमा सयर गर्ने साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले दुग्ध उत्पादक कम्पनी खोलेका छन् ।

यस्तो ब्यापारबाट देशको आर्थिक अवस्थामा सुधार आउने उनको विश्वास छ । साउदी अरेवियाका राजकुमारको कम्पनी अलमाराइ केवल दुग्ध उत्पादक कम्पनी होइन यो त पुरै पूर्वी एसियाको भरपर्दो ब्राण्ड हो । यो कम्पनीले वर्षेनी ८९१ करोड डलर आम्दानी गर्ने विश्वास गरिन्छ ।

तेलमा आएको निरन्तरको गिरावट र यमनमा बढिरहेको गृहयुद्धले साउदी अरेविया कमजोर बनेको छ । साउदीले पछिल्लो समयमा डेरी ब्यापारमा जोड दिएको छ । साउदी अरेवियामा मरुभुमी क्षेत्रमै ८० हजार गाइ पाल्ने फर्म स्थापना गरिएको छ । त्यहाँ गाइका लागि सँधै चिसो हुने गोठ समेत तयार पारिएको छ । त्यहाँ उत्पादित दुग्ध उत्पादन देशभरी आपुर्ति गरिन्छ ।

नेपाली पनि प्रभावित हुने

साउदी सरकारले पछिल्लो समयमा राज्यको खर्चमा ब्यापक कटौती गरेको छ । विभिन्न कम्पनीहरु बन्द गरिएको छ । पछिल्लो वर्ष मात्र साउदीमा १०० अर्व डलर बजेट घाटा भएको छ । सन् २०१४ मा तेलको मूल्यमा आएको गिरावट पछि त्यहाँ राष्ट्रिय कोषमा समेत २५ प्रतिशतले गिरावट आएको छ । साउदीमा बेरोजगारीको संख्या पन बढिरहेकोछ ।

डेरी उद्योगमा जोड दिएको साउदीमा अन्य ठूला ठूला कम्पनी भने बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन् । यसरी कम्पनीहरु बन्द हुदा त्यहाँ कार्यरत हजारौंको संख्यामा रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । कतिपय कम्पनी बन्द भएर पैसा दिन नसक्दा नेपालीहरु फर्किन बाध्य भएका छन् ।

रमाइलो कुरा त तेलको खानी भएको साउदी अरेवियामा तेल हराउन थालेको छ । यस अघि कच्चा तेलबाट करोडौंको ब्यापार गर्ने तेल कम्पनीहरु टाट पल्टिन थालेका छन् । – नेपाली हेडलाइन्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे