2026-06-20 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

नङ फुल्नु गम्भीर रोगको लक्षण !

काठमाडौं | कहिलेकाही हाम्रा नङमा सेतो दाग जस्तो देखिन्छ । जसलाई हामी नङ फुलेको भन्छौ । हाम्रो समाजमा नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारणा छ। तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो।

हामी भन्ने गर्छौ, “यदि नङमा सेतो दाग देखियो भने नयाँ कपडा लगाउन पाइन्छ ।” वास्तवमा यो शरीरमा रातो रक्तकोष, भिटामिन, म्यग्नेसियम, जीङ्क र क्याल्सियमको कमि भएमा देखा पर्छ । नङमा सेतो दाग देखिनु भनेको बितेको समयमा कतै चोट लागेको संकेत गर्नु पनि हो । कलेजो, मिर्गौला, मधुमेह, छालाका रोगहरु र एलर्जीका कारणले पनि नङमा सेतो दाग देखा पर्छ ।


केहि कस्मेटिक नङपालिस र नङपालिस हटाउने सामग्रीहरुको प्रयोगले नङमा सेतो दाग देखिन्छ । लामो समयसम्म औषधीको प्रयोग गर्नाले पनि नङमा सेतो दाग देखिन्छ । यसको नियन्त्रणका लागि स्वस्थ, सफा र ताजा पौष्टिक तत्वहरुको उपभोग गर्नुपर्छ र आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउनुपर्छ ।

नङ फुल्नुका कारण

नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ। नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ। घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन। ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ।

एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ। नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ।

जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ। जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ। गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ।

प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ। यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ। तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ। यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ।

क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ। तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस।

गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ। तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन।

के गर्ने ?

  • क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस्।
  • भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने।
  • मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ।
  • भिटामिन सि युक्त फलफुल खाने।
  • जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ