कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्"/>

2026-09-03 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीसँग श्रम सम्झौता अन्यौलमा

कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्रारम्भिक मस्यौदामा नेपालले साउदीसँग कामदारलाई २४ घण्टे बिमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर, साउदी सरकारले भने आफ्नो धार्मिक कानुनले त्यसलाई निषेध गर्ने भन्दै मानेको छैन । नेपाल भने उक्त बिषय टुंगो नलाग्दा सम्म साउदीसँग सरम सम्झौता गर्न तयार छैन । 

नेपाल सरकारले साउदी जाने नेपालीहरुको सुरक्षालाई ध्यान दिंदै जुनसुकै समयमा जुनसुकै कारण नेपाली कामदारको ज्यान गएपनि बिमा रकम उपलब्ध गराउन माग गरेको छ तर साउदी सरकारले भने उक्त कुरा मानेको छैन । 

यदी साउदीले उक्त प्रस्ताब नमाने साउदीसँग नेपालले सरम सम्झौता नगर्ने मनस्थिति बनाएको छ । नेपाल सरकारले रोजगार भन्दा पनि नेपाली कामदारको सुरक्षा र बिमालाई ध्यान दिएको कारण कुनैपनि हालतमा श्रम सम्झौता गर्ने देशसँग बिमा अनिवार्य गर्ने नीति लिएको छ । २४ घण्टे बिमाले कामदारको जोखिमलाई घटाउने सरकारको विश्वास छ । तर, साउदी यसमा सहमत नहुँदा भने श्रम सम्झौतामा थप ढिलाइ भएर अनिश्चतता बढेको छ ।

त्यस्तै नेपाल सरकारले साउदी सरकारसंग श्रम सम्झौता गर्ने बिषयमा नेपाली कामदारले ६ महिना काम गरेपछि उक्त कम्पनीमा कुनै समस्या भए कम्पनी  परिवर्तन गर्न पाउनुपर्ने अर्को माग पनि अघि सारेको छ । तर, साउदीले यसमा पनि असहमति जनाएको छ । त्यस्तै नेपाल सरकारले साउदीसँग श्रम सम्झौता गर्न न्युनतम ११ सय रियल तलबको माग समेत गरेको छ । यस बिषयमा बहने साउदी पनि तयार भएको छ । 

नेपाल र साउदीबीच अहिलेसम्म श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले साउदीमा निकै समस्या भोग्नु परेको छ । श्रम सम्झौता भएको खण्डमा नेपालबाट साउदी पुग्ने कामदारहरुले आफुले पाउने सेवा-सुबिधाको ग्यारेन्टी मात्र गर्ने छैनन्, आफ्नो सुरक्षाको प्रत्याभुती समेत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा