2026-07-26 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुबईमा राति १० बजे भेटिएकी एक नेपाली बिद्यार्थीको पीडा

अनिल अधिकारी । फागुन ३०, काठमाडौँ । दुबईको बरदुबई स्थित एक गल्लिमा भेटिएकि एक नेपाली बिद्यार्थीको भोगाईले मन ढक्क फुल्यो । रातको त्यस्तै १० बजेको थियो । रोजगार र अवसरको नाममा बिभिन्न धन्दा मौलाईरहेको युएईमा ति बिद्यार्थीको पीडा अति ठूलो त होइन जस्तो लाग्छ तर प्रतिनिधिमुलक रुपमा उठान गर्न लायक थियो ।  

काठमाडौँ स्थित एक कन्सल्टेन्सीले उनलाई स्टडी भिसामा ९ लाख तिराएर तीन बर्ष होटल म्यानेजमेन्ट पढ्ने त्यसपछि सिधै अष्ट्रेलिया पठाईदिने भन्दै प्रलोभन दिएर पठाएको उनले सुनाईन् । उनि दुबई पुगेको एक वर्ष पुगिसकेको रहेछ । तर अष्ट्रेलिया लगिदिने कसले हो उनलाई पत्तो छैन । अरु गएको भन्ने पनि थाहा छैन् । पछि जान पाउने हो कि हैन पनि थाहा छैन । उनि भन्छिन् ‘अझै दुई बर्ष छ, कसरी धान्ने हो गाह्रो छ ।’ काम पाउने कुरामा उनि आफै निश्चित थिइनन् । मैले आफ्नो परिचयनै नदीई उनीसँग धेरै कुरा सोधिरहेको थिएँ । सायद उनको केहि स्वार्थ थियो, उनले मलाई उत्तर दिईरहेकी थिइन् । महँगो पैसा तिरेर दुबई गएकी उनले नेपालमा पढेर भविष्य नभएको बताईन् । 

उमेर हालसालै १७/१८ कि जस्तो लाग्ने ति बिद्यार्थीको चाहना होटल लाइनमा पढ्ने र अष्ट्रेलियामा सेट हुने रहेछ । उनको स्वार्थ बुझ्न मलाई धेरै समय भने लागेन । उनले युएईको महँगो बसाईको कारण आफूलाई घरबाट धानिन कठिन हुँदै गएको पटक-पटक बताईरहनुले उनले रोजगार खोज्दै थिइन् भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । तर उनि आफैले भनिन् ‘कतै काम पाउँछुकि भनेर बर दुबई क्षेत्रमा भौतारिईरहेकी छु, लौ न कतै केहि काम भए लगाईदिनुस न !’

उनले मलाई मेरा प्रश्नका उत्तर दिईरहनुको कारण उनलाई रोजगार चाहिएको भएर रहेछ । मैले कति छन् तिमीलेझैं यहाँ बिद्यार्थी भिसामा आउने?’ भनेर सोध्दा उनले सजिलै उत्तर दिइन् ‘कति छन् कति ? धेरैले म जस्तै रोजगार खोजिरहेका छन् । कोहि नेपाल फर्किए ।’ उनले कन्सल्टेन्सीहरुले दुबईमा सजिलै काम पाउने भनि प्रलोभनमा पार्दै अहिले पनि आफू पढेको कलेजमा धेरै नेपालीहरु पठाईरहेको बताइन् । उनको मासिक खर्च र कोठा भाडा सहित दुई हजार दिर्हाम (नेरु झन्डै मासिक ७४ हजार) रहेको उनले बताईन् । ‘काम गर्दै पढ्न पाउने भनेका थिए तर यहाँ आएपछि थाहा भयो, त्यति सजिलै काम पाइदैन’ उनको गुनाशो थियो । 

मैले उनको गुनाशो मात्र लिएँ । केहि दिन सकिन । कारण मसँग उनलाई सहयोग गर्न सक्ने केहि आधार थिएन । म आफै भिजिट भिसाकै क्रममा ८/१० दिनको लागि युएईमा थिएँ । नेपालीको स्थितिबारे अध्ययन गर्दै थिएँ । मैले उनलाई आफ्नो बारेमा वास्तविकता बताएँ । अनि रोजगार खोज्न सहयोग गर्न नसक्ने जवाफ दिएर आफ्नो बाटो लागें । उनि फेरी एउटा मान्छेसँग सहयोगको याचना गरेर खिन्न भइन् । सायद खिन्न बन्ने बानी उनलाई परिसकेको छ । 

मैले युएईमा बिद्यार्थी भिसामा पुगेर ठगिएकाहरुको सम्बन्धमा अघिल्लो बर्षनै एउटा समाचार लेखेको थिएँ । त्यसै सम्बन्धमा काठमाडौँका केहि कन्सल्टेन्सी संचालकहरुलाई युएईमा काम गर्दै पढ्दै गर्न पाउने र कलेजबाटै बिभिन्न देशमा लगिदिने प्रलोभन देखाएर पठाउने धन्दा चलाएको बारेमा ध्यानाकर्षण गराई अब त्यस्तो नगर्न र त्यस्ता प्रलोभनका काम तत्काल बन्द गर्न चेतावनी समेत दिएको थिएँ । तर त्यो धन्दा चलिरहेको थियो ।

युएईमा बिद्यार्थी भिसामा बिभिन्न प्रलोभनमा पुगेकाहरुको भोगाई कष्टप्रद छ । पहिलेको तुलनामा युएईको बसाई अहिले निकै महंगिएको छ । भिजिट भिसामा गएर काम पाउँछु कि भन्नेहरु र काम गर्दै पढ्दै गर्छु भन्नेहरुलाई सोचेजस्तो र भनेजस्तो सहज छैन ।

कन्सल्टेन्सीहरुले कमिसनको लोभमा परेर हुँदै नभएको सुविधाको कुरा गरेर युएई बिद्यार्थी भिसामा पठाईरहेका छन् । त्यसरी गएकाहरु अधिकांशले रोजगार नपाउँदा खर्च धान्न नसकेर पीडामा छन् । त्यसरी पीडित बनेकाहरुका अनुसार कन्सल्टेन्सीले पठाउँदा त्यहाँ होटल लाइनमा काम गर्दै पढ्न पाउने अनि पढ्ने र बस्ने खर्च मज्जाले धान्न सकिने प्रलोभनमा पार्ने गरेका छन् । त्यहाँ पुगेपछि भनेजस्तो सबैलाई छैन/हुँदैन । कोहि कसैले काम पनि पाउँछन् तर सबैले पाउने अवस्था नहुँदा कतिपय बिचैमा फर्किन्छन् त कतिपय पढाईलाई बिट मारेर रोजगारमा होमिन्छन् । जो रोजगारमा होमिन्छन् उनीहरुको लागि गएको लागत निकै महँगो सावित हुन्छ । संगै बिभिन्न सपनाको देश पुग्ने धोकोको समेत अन्त्य हुन्छ । 

कोहि धानिन नसकेर नेपाल फर्किएर आउँछन् अनि पैसा फिर्ताको लागि कन्सल्टेन्सी धाउँछन्मा । पैसा फिर्ता माग्न जाँदा युएईको कलेजलाई सबै पैसा डिपोजिट गरिदिएको प्रमाण देखाएर कन्सल्टेन्सीहरु उम्किन्छन् । पछिल्लो समय भिजिट भिसामा कयौं युवाहरु युएई पुगेका छन् । भिजिट भिसामा गएकाहरुले युएईमा काम पाउन मुस्किल भईरहेको अवस्थामा त्यसैको चपेटामा पढाईसंगै कामको प्रलोभनमा युएई पुगेका नेपाली बिद्यार्थीहरुको हालत उस्तै छ । 

यता सरकारी खर्चमा युएईका बिभिन्न कार्यक्रममा पुगेका मन्त्रीदेखि सरकारी अधिकारीहरु भने पाँचतारे होटलदेखि घुम्ने ठाउँ अनि पुन: पाँच तारे होटलकै बास बसेर लाखौँ खर्च सकेर नेपाल फिर्ती हुन्छन् । युएईमा समस्या रहेको क्षेत्रमा गएर दुईतीन दिन मात्र घुम्ने हो भने पनि युएईमा भिजिट भिसामा गएका नेपाली युवाहरुको हालत, नेपालीले नेपाली ठग्ने बिभिन्न कर्तुत, हुण्डीको खुलेयाम कारोबार अनि कलेक्सन, सुन तस्करीको बिभिन्न रुप, फस्टाउँदो देह व्यापारको स्थिति, रोजगारको नाममा अग्रिम अशुली, अमेरिका र युरोपको ट्रान्जिट धन्दा र गल्लि-गल्लिमा चिट्ठाको नाममा ठगि लगायत अनेकन बेथितिहरु देख्न पाइन्छ । तर सम्बन्धित अधिकारीहरुलाई रोजगारको नाममा भईरहेको बेथितिको घटना बुझ्नमा कुनै चाख छैन । कुन ठाउँमा कति लुट्न पाइन्छ भन्ने मात्र छ । बेथिति नियन्त्रणको लागि ध्यानाकर्षण गराउँदा उसको र त्यसको जिम्मेवारी वा जाने युवाकै कमजोरी भन्दै टार्छन् । बेथिति बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ