१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तस्कर जोगाउन सीआईबीका प्रमुख एआईजी नै संलग्न, विभागीय कारबाहीको तयारीमा गृहमन्त्री

२ चैत्र २०८०, शुक्रबार ०६:५९

चैत २, काठमाडौँ | सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ ।

अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको पुष्टि भएकाले विभागीय कारवाहीको सिफारिस गरेको हो । गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।


सुन तस्करीमा संलग्न जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर उनलाई फरार बनाउन भूमिका खेलेको आरोप एआईजी बज्राचार्यमाथि लागेको छ । उनीसँगै सिआईबीका केही प्रहरी अधिकारीलाई पनि कारवाही सिफारिस भएको गृहमन्त्रीनिकट स्रोतले जनाएको छ ।

सुन तस्करी अनुसन्धानमा सीआईबीको भूमिकामा प्रश्न उठाउँदै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले छानबिन आयोग गठनको लागि सदन अवरोध गरेर दबाब दिएको थियो । छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरवाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धाननै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु