१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

३ चैत्र २०८०, शनिबार ०३:२४

चैत ३, काठमाडौ | ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । 

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिममा उनीहरुले सुरक्षा र स्वास्थ्य सम्वन्धी जानकारी दिनुपर्ने खाँंचो औंल्याए ।  

नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष एवं ग्रील तथा स्टील ब्यवसायी महासघका पूर्व केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसाय अन्य ब्यवसायभन्दा बढी जोखिम भएको बताए । यसकारण  यस्ता तालिम प्रदान गरी दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने बताए । 

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाई ब्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि ग्रील ब्यवसाय क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखीकरण तालिम आयोजना गर्ने उनले बताए । 

आयोजक महासघका उपाध्यक्ष समसुदिन शेखले बाताबरणमैत्री उद्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए । कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीलगायतले तालिम ग्रील ब्यवसायिको लागि अति नै उपयोगी रहेकोले यसलाई निरंतरता दिन आग्रह गरे । काठमाडौ जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य, ग्रील ब्यवसायी र श्रमिकको तालिममा सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु