प्रेम सुनार/कात्तिक ५, गुल्मी । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ५, गुल्मी । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ । 

२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तलको पानी माथी उक्लीएपछि गाउँमा उत्सव

२०७३, ५ कार्तिक शुक्रबार ०९:२३


प्रेम सुनार/कात्तिक ५, गुल्मी । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ । 

विद्युतीय माध्यमद्धारा लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाले डेढ घण्टा तल खोलाको पानी माथी टापुमा खसाली दिए पछि गुल्मीको हस्तीचौर गाविस पालुखा गाउँका वुढा पाकाहरुलाई चकित पारी दिएको छ ।

हस्तीचौर गाविस वडा नम्वर ८ र ९ को पालुखा गाउँ सदियौं देखि खानेपानीको समस्यामा पिल्सीदै आएका थिए  । ‘एक देखि डेढ घण्टा सम्मको उकालो ओरालो गरेर ल्याएको एक गाग्रो पानी पनि हिलाम्मे भएका कारण कपडामा तारेर पिउँनु पर्ने अवस्था थियो, –‘ पालुका लिफ्टीङ्ग खानेपानी योजनाका अध्यक्ष दलबहादुर बिश्वकर्माले भने –‘सुरुमा हामीले तल खोलाको पानी माथी ल्याउँछौ भन्दा यहाँका बुढापाकाहरुले उल्लु कुरा ग¥यो भनेर गिल्लाउने गर्दथे तर आज  तलको पानी माथी ल्याएरै छाडिएकोमा हर्षविभोर भएका छौं । ’

 विहिवार नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्टले उद्घाटनका क्रममा धारा खोलेर गाग्रीमा पानी भरी दिन  साथ नौमाति बाजामा त्यहाँका दिदी वहिनी, दाजु भाईहरु नाचगान र हुटिङ्ग गरेर उत्सव नै मनाए ।

आफुहरु संगै नेता विष्टलाई पनि उनिहरुले नचाए । आर्थिक वर्ष २०६९/०७० देखि सुरु भएको पालुखा  जुकुन्या खानेपानी योजना ४ वर्ष पछि हालै सम्पन्न भए पछि त्यहाँका ८८ घरधुरीका ५ सय २८ जना नागरिकहरु लाभान्वित हुने भएका छन् । नेपाल सरकारको ७५ लाख ८७ हजार ७ सय १३ रुपैयाँ र जनश्रमदान १६ लाख ९४  हजार  ४ सय ८३ सहित कुल ९२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँमा सम्पन्न योजनाले सदियौं देखि पालुखा गाउँका जनताको आफ्नै टोलमा शुद्ध खानेपानी पिउन पाउने सपना पुरा गराई दिएको छ  ।

‘मध्ये रातमा राँको वालेर कुर्लदै र गीत गाँउँदै कोही तल जुकेपानी त कोही ठुलापखेरा खोलामा पानी लिन जान्थ्यौं, किराले खान्छ कि भन्ने डर लाग्थ्यो ,–पालुखका गाउँका बृद्ध झविन्द्र बहादुर परियार र धनिश्वर परियारले भने –‘अहिले माथी टापुमै तल खोलाका पानी आउँदा सपना जस्तै लागेको छ । ’


स्थानिय समाज सेवी विनबहादुर गौतमले ईस्मातिर केटी माग्न जाँदा यस गाउँमा पानी छैन छोरीले दुख पाउँछे दिन्नौ भनेर निरास भई फर्किनु परेको स्मरण गर्दै अव त यस गाउँका केटाहरुले केटी पाउने कुरामा ढुक्क भएको बताए । वाग्ला माईती घर भएकी सिता खनालले त्यति वेला यहाँबाट आफुलाई माग्न जाँदा माईतीजनले त्यहाँ पानी छैन् छोरीले दुख पाउँछे भन्न्दै दिन नमानेको र पछि हार्नै नसकेर विवाह गराई दिएको बताईन् ।

 उमेरले ६५ नाघेकी यमकली पन्थीले आफुलाई माथी पानी आयो भन्ने कुरा अझै विश्वासमा पर्न नसकेको बताईन् । उनले भनिन््–‘ धारा र ट्याङकी बनेका छन् तर तलको मानी यहाँ माथी आउला भन्ने कुरामा मलाई अझै पुरा विश्वास त छैन् तर अलिकती आशा चाँही छ । ’ त्यसको केहि वेर पछि सांसद विष्टले धारा खोलेर पानी गाग्रोमा खसाली दिदा बुढीमान्छे पन्थी  गालामा हात लगाएर आश्चर्यको मुद्रामा  टोलाई रहेकी थिईन् ।

धारामा पानी खस्न साथ भर्खरका महिला र पुरुष दर्शनीहरुलाई बजा वजाउन लगाएर कुर्लिदै एकै साथ झुम्न थाले । धेरैबेर सम्म त्यस पालुखा गाउँ नाच गीतको रौनकले महोत्सवमय बन्न पुग्यो । ८८ घरधुरीलाई बढिमा १० मिनेट पर्ने गरी १३ वटा धारा जडान गरिएको छ ।

पालुखा टापुमा २० हजार लिटर पानी अट्ने क्षमताका दुई वटा ट्याङकी निर्माण गरिएको, ट्रान्सफर्मर क्षमता ५० के.भि. ए. रहेको , २५ हर्ष पावर क्षमता भएको , तलबाट प्रति सेकेण्ड ३ लिटर पानी माथी ट्याङकीमा संकलन हुने र ट्रान्समिटरको लम्वाई ७५ किलो मिटर रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख , ईन्जिनियर कल्याणकुमार श्रेष्ठले जानकारी दिए ।

उनले योजना पुरा भएर मात्र हुन्न त्यसको संरक्षणका लागि मर्मत सम्भारमा ध्यान दिन सुझाव दिदै उनले पालुखा खानेपानी तथा सरसफाई समितिको अध्यक्ष दलबहादुर बिकलाई उक्त योजनाको स्वामित्व पत्र हस्तान्तरण गरे । हस्तान्तर कार्यक्रमका प्रमुख अतिथी सांसद गोकर्णराज विष्टले पालुखावासीलाई बधाई दिर्दै दिर्घकालिन उपभोगका लागि शुभकामना र आफुले सहयोग गर्ने आश्वासन समेत दिए ।

प्रति महिना प्रति घरधुरी २० रुपैयाँ महशुल लाग्ने पानी गरिवहरुका लागि केहि महँगो पनी हुने भएकाले कमभार पार्न आफुले प्रयत्न गर्ने उनको भनाई थियो । पालुखाको खानेपानी समस्या त  समधान भयो  तर छिमेकी जैसीथोकको गोपेगाउँको खानेपानी समस्या ज्युँकात्युँ छ , त्यहाँ र पालुखा देखि वस्तु हुँदै वाग्ला जोड्ने मोटर बाटाको हविगत समधान गरी दिन सांसद विष्ट संग त्यस गाउँका अगुवा समाज सेवी समेत रहेका दलबहादुर बिकले आग्रह गरे ।

विष्टले आफुले पनाह खोलामा पक्की पुल निर्माण सहित उक्त सडक राम्रो बनाई दिने प्रतिबद्धता जाहेर गरेका थिए ।  ५ वर्ष अघि देखिको प्रयासमा जुटेका अध्यक्ष दलबहादुर बिक, उपाध्यक्ष मानबहादुर बिक लगायतका  अगुवाहरुलाई सर्वसधारणले अविरजात्रा गरेरे सम्मान गरे ।

सांसद विष्टलाई माथी बाटा देखि नै बढाई गर्दै  कार्यक्रम स्थलमा स्वागत गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य द्धयः कृष्ण सुनार  , टिका रेश्मी  , सोही पार्टी हस्तीचौर गाउँ कमिटी अध्यक्ष राम मल्ला ठकुरी , सोही योजना निर्माणकर्ता देविराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

 जनज्योति निम्न माध्यामिक विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा उनै अध्यक्ष  दलबहादुर विकको अध्यक्षता , उपाध्यक्ष मानबहादुर विकको स्वागत मन्तव्य र समाज सेवी विनबहादुर गौतमको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने