२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

२०८०, ७ चैत्र बुधबार ०९:१६

चैत ७, विराटनगर | बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन।

प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ- दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्।

बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।


गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो। उनी प्रहरी कार्यालयमा आइसकेकी छिन्। बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ।

दाहालका अनुसार बमबहादुर र गीता चार-पाँच वर्षअघि बेलबारी आएका थिए। उनीहरू बेलबारी नगरपालिका-१ की निर्मला राईको घरमा भाडामा बस्थे।

एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए। घरबेटी निर्मला एउटा कोठामा बस्थिन्।

बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्थे।

उनीहरूबीच बेला-बेलामा झगडा परिरहन्थ्यो। एक वर्षअघि गाउँ-समाज बसेर झगडा मिलाइदिएका थिए।

‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भने।

बुधबार बिहान राति १:५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे।

आउने स्थानीयले सन्देश बोकेका थिए – गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्। यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो।

दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ। त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘जब गड्डाङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन्। त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भने, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन्। डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए।

‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १:५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने।

प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुर जीवित थिए। उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो। तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन।

जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे। न आफू रहे। रहेका भए पनि उनी जेल पुग्थे।

बबिन ‘टुहुरा’ हुन्थे। बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ।

उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा