२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओलीको टिप्पणी : कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर मोहनविक्रम सिंह छाती पिटीपिटी रोइहिरहेका छन्

२०८०, ७ चैत्र बुधबार ११:३४

चैत ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई नम्र बनेर विनम्रता देखाउन निर्देशन दिएका छन्।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित बृहत् कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीस अ‍ोलीले यस्तो निर्देशन दिएका हुन्।

‘विनम्रता प्रदर्शन गर्नुस्। उग्र बन्ने काम छैन। हरेक दिन तपाईसँग नोट हुनुपर्छ। आज मैले के काम गरेँ भनेर जान्नुपर्छ’ ओलीले भने। ‘ मैले हाम्रो कार्यकर्तामा उग्रता बढ्दै गएको देखेको छु अब त्यसरी हुँदैन। सबैले कार्यशैली बदल्नुपर्छ।’

सत्ता घटकको सबैभन्दा ठूलो एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने ओलीले बताए।


उनले अर्को निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत उल्ट्याउनुपर्ने बताए। गत वर्षको आमनिर्वाचनमा संघीय निर्वाचनतर्फ १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट मुस्किलले एमालेले १ क्षेत्र जितेको थियो। 

त्यसमा असन्तुष्टि जनाउँदै ओलीले थपे, ‘एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामप्रति पनि यो परिणाम पीडादायी छ। यो स्थितिलाई बदल्नैपर्छ, उल्ट्याउनैपर्छ। सतप्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ। प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिति थियो। अहिले हामी कमजोर भएका छौँ। यी पक्षमा गम्भीरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ।’

ओलीले नेपाली कांग्रेस सत्ताबाहिर पुगेकामा कांग्रेसलाई भन्दा धेरै चिन्ता नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई भएको टिप्पणी गरेका छन्।

‘एकजना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन्। मोहनविक्रम सिंह नाम हो उहाँको। अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ’, उनले भने, 'सिंह अहिले पनि कांग्रेस आएको भए श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यौँ भनेर सम्झिँदै ग्वाँग्वाँ रोइहिरहेका छन्। त्यसरी पनि पतन हुँदो रहेछ मान्छे। निराश र हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ।’ 

कांग्रेससहितको पुरानो सत्ता गठबन्धनमा सिंहकी कान्छी श्रीमती एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौड्याललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरेर राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो।

गत निर्वाचनमा प्युठानबाट एमालेका युवा नेता सूर्य थापासँग पराजित पौडेललाई राष्ट्रिय सभामा लैजाने मसालको योजना फागुन २१ मा सत्ता समीकरण फेरिएपछि तुहिएको छ। 

पौडेल राष्ट्रिय सभामा नजाने निश्चित भएपछि जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा