२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

२०८०, ९ चैत्र शुक्रबार १०:४७

चैत ९, काठमाडौँ | माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् ।

माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई उत्पादन सम्हाल्नेछ । यो टिमलाई कोपाइलट, बिङ्ग र एज जस्ता उत्पादनको जिम्मेवारी रहनेछ ।


यसका साथै उनले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्वको टिमको हिस्सा हुनेछन् । यो टिमले सोधै माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्ट गर्नेछ । 

गुगल डीप माइन्डका सह सस्थापक

मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डिपमाइन्ड सह-संस्थापन गरेका थिए ।

जसलाई गुगलले सन् २०१४ मा अधिग्रहण गरेको थियो । वास्तवमा गुगल डिपमाइन्डको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा माइक्रोसफ्टसँग टक्कर दिने तयारीमा छ ।

यद्यपि सुलेमान पछिल्ला केही वर्षदेखि उक्त डिभिजनमा थिएनन् । उनलाई सन् २०१९ मा बिदा गरिएको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार त्यसताका उनका कयौं परियोजनाका कारण बिदा दिइएको थियो । पछि गुगल र डिपमाइन्डले सुलेमान विरुद्ध कर्मचारीलाई हैरानी दिएको आरोपमा छानबिन समेत सुरु गरेको थियो ।

सुलेमानले सन् २०२२ मा गुगल छोडे र इन्फ्लेक्सन एआई स्टार्टअप सह-संस्थापन गरे । मुस्ताफा सुलेमानलाई नियुक्त गर्नुका साथै माइक्रोसफ्ट इन्फ्लेक्सन एआईलाई कयौं अन्य कर्मचारीहरूलाई समेत आफ्नो टिममा समावेश गरिरहेको छ ।

त्यसमा कम्पनीका सह-संस्थापक करेन सिमोन्यान समेत समावेश छन्, जसले माइक्रोसफ्टमा कन्जुमर एआई समूहका प्रमुख वैज्ञानिकको रूपमा काम गर्नेछन् । केभिन स्टक माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत र एआई डिभिजनका कार्यकारी उपाध्यक्षको रूपमा रहिरहने छन् ।

त्यसै अवसरमा सत्य नादेलाले कर्मचारीलाई शेयर गरेको मेमोमा भनेका छन्, "म कयौं वर्षदेखि मुस्ताफालाई जान्दछु । डिपमाइन्ड र इन्फ्लेक्सनका संस्थापकको रूपमा भिजनरी, उत्पादन निर्माता र उत्कृष्ट टिम निर्माणका मामिलामा उनको प्रशंसा गर्छु ।" उनले अगाडि भनेका छन्, "हामीसँग एक यस्तो प्रविधि बनाउने मौका छ, जुन एकताका असम्भव मानिंदै थियो । यो प्रविधिले हाम्रो लक्ष्यलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका लाभ सुरक्षित र जिम्मेवार तरिकाले पुर्‍याउनेछ ।"

माइक्रोसफ्टले ओपनएआईमा समेत थुप्रै लगानी गरेको छ । 

ट्याक्सी चालकका छोरा

मुस्ताफा सुलेमानको जन्म अगस्ट १९८४ मा भएको हो । जो एक बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् । सुलेमानका बुबा सिरियाका एक ट्याक्सी ड्राइभर थिए भने आमा बेलायतमा नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाति पढाइ नर्थहिल प्राइमरी स्कुलबाट गरे ।

उनले डिमाइस ह्यासबिससँग मिलेर डिपमाइन्डको सुरुवात गरेका थिए । यद्यपि उनले १९ वर्षकै उमेरमा विश्वविद्यालयको पढाइ छोडिदिए । त्यसपछि उनले टेलिफोन काउन्सिलिङ सर्भिस मुस्लिम युथ हेल्पलाइन सुरुवात गरे । उक्त संस्था पछि बेलायतमा रहेका मुस्लिमहरूका लागि सबैभन्दा ठूलो मानसिक स्वास्थ्य सहायता सेवा मध्येको एक बन्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै