Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आधिकारिक ट्रेड युनयिन जुम्लाको कार्यालय उद्घाटन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/कात्तिक ७, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाको परिसरमा रहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनयिन जुम्लाको कार्यालय उद्घाटन गरिएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन केन्द्रीय उपाध्यक्ष भोलानाथ पोखरेलले शनीबार एक औपचारिक कार्यक्रमका वीच कार्यालय उद्घाटन गर्नु भएको हो । भवन उद्घाटनका अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोखरेलले प्रत्येक निजामति कर्मचारीको सहज र सुलभ सेवा प्रवाह प्रमुख उद्देश्यका रुपमा स्थापित हुनुपर्ने बताउनु भयो ।

ट्रेड युनियन भित्र टुडफुड भन्दा पनि आपसी सहकार्य आवश्यक रहेको भनाई  छ । उहाका अनुसार निजामती कर्मचारीहरुको सरुवा र बडुवाका लागि कथित राजनितिक दलको सदस्यता बोक्नुपर्ने सस्कृतिको अन्त्य हुनु पर्ने बताईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेले निजामति कर्मचारी कसैले पनि आफ्नो कर्तव्य भुल्न नहुनेमा जोड दिनु भएको छ ।

समापन सत्रमा बोल्दै आधिकारिक टे«ड युनयिन जुम्लाका अध्यक्ष खडानन्द चौलागाईले लामो समयको त्याग र बलिदानी पछि आधिकारिक टे«ड युनयिनको जन्म भएको भन्दै युनियनलाइ प्रभावकारी बनाउन धेरै कार्य गर्न आवाश्यक रहेको उहाको भनाइ छ ।

चौलागाईले निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको शुरुवात विश्वमा दोस्रो र एसियामा प्रथम पटक नेपालमा लागु भएको जानकारी दिनु भयो । कार्यालय  उद्घाटन कार्यक्रममा जिल्लास्थित निजामती कर्मचारी, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।