
काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार २१.३२ अंकले बढेको छ । अघिल्ला चार दिन लगातार बढेको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको हो । बुधबार भने अघिल्ला दिनको भन्दा वृद्धिदरमा सुधार भएर नेप्से दोहोरो अंकले उकालो लागेको हो । यससँगै नेप्से परिसूचक २ हजार ६ सय विन्दुभन्दा माथि उक्लेकाे हाे ।
अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.८२ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय २१.२६ अंकमा उक्लेको हो । सो दिन कारोबारमा आएकामध्ये १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० वटाको घट्यो । बाँकी ९ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन कारोबारमा आएका १३ वटै उपसमूहकै परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो । बुधबार कुल ३९ हजार १ सय ८३ पटकको कारोबारमा १ करोड १६ लाख ७४ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।
मंगलबार कुल ४६ हजार ६ सय ५९ पटकको कारोबारमा १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसले मंगलबारको तुलनाका बुधबार नेप्सेमा राम्रो सुधार भएपनि कारोबार रकम घटेको हो ।