2026-10-14 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड

2026-10-14

काठमाडौँ | प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको उल्लेख गर्दै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन्।

रास्वपा ललितपुर महानगरपालिकाद्वारा बुधबार बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता खरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताए। फागुन २१ गतेको निर्वाचनमा प्राप्त सफलतामै सीमित भएर बस्न नहुने उल्लेख गर्दै उनले आगामी निर्वाचनमा थप ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यसहित पार्टी अघि बढ्नुपर्ने धारणा राखे। खरेलले वर्तमान सरकारका कामबाट जनता आशावादी र उत्साहित बनेको दाबी गर्दै सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धि जनतासमक्ष पुर्‍याउन पार्टी सफल भएको बताए। यद्यपि, अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।

सरकारका कामले जनतामा उत्साह बढाएको र पार्टीका नेता तथा कार्यकर्ताको मनोबलसमेत उच्च बनेको उनले उल्लेख गरे। आगामी निर्वाचनमा सफल हुन पार्टीले मुख्यतः दुई विषयलाई प्राथमिकता दिनुपर्ने खरेलको भनाइ छ। पहिलो, जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर कायम राख्दै उनीहरूका आवश्यकता, अपेक्षा र गुनासालाई नजिकबाट बुझ्नुपर्ने उनले बताए। जनतासँगको सम्बन्धमा कुनै पनि कमजोरी आउन नदिन पार्टीका नेता तथा कार्यकर्ता सचेत रहनुपर्नेमा उनले जोड दिए। दोस्रो, उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनुपर्ने उनले बताए। नेताको व्यक्तिगत निर्णय वा पहुँचका आधारमा टिकट वितरण गर्ने परिपाटी अन्त्य भएको उल्लेख गर्दै खरेलले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड र योजनासहित अघि बढ्नुपर्ने सन्देश दिए। सरकारका उपलब्धि जनतासमक्ष पुर्‍याउने, जनतासँगको सम्बन्ध बलियो बनाउने र सङ्गठनको मनोबल उच्च राख्ने कामले आगामी निर्वाचनमा पार्टीको सफलताको आधार तयार गर्ने खरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने