कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थि"/>
२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्र युद्धको घोषणा गर्ने तयारी गर्दै गरेकाहरु पक्राउ

२०७३, ९ कार्तिक मंगलवार ००:५५

कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरि रहेको आशंकामा सेन्ट्रीका प्रहरीले ढुंगा हाने । प्रहरीले थाहा पाएपछि त्यो समूह भाग्यो । चौकी आक्रमण गरेर सशस्त्र युद्धको घोषणा गर्ने योजनामा रहेको मंगोल मूलबासी राष्ट्रिय फोर्स पार्टीको समूह थियो त्यो । त्यसपछि अरू ठाउँमा आक्रमणको तयारी गरेको उक्त भूमिगत पार्टीका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित १३ नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । 

‘आफूहरूसँग थोरै हतियार भएकाले आक्रमण गर्न गएर पनि उनीहरू फर्किएका थिए,’ नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने, ‘राजनीतिक आवरणमा उनीहरू आपराधिक गतिविधिमा संलग्न थिए ।’

आठजना काठमाडौंमा र पाँचजना रोल्पामा पक्राउ परेका हुन् । उनीहरूबाट नौ थान बन्दुक, दुई पेस्तोल, दुई रिभल्वर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यका, सिन्धुपाल्चोक र रोल्पामा संयुक्त अप्रेसन चलाएर सशस्त्र युद्ध सुरु गर्न लागेको उक्त पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरूले रोल्पामा एउटा तथा सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रका दुई प्रहरी चौकीमा आक्रमणको योजना बनाएका थिए । रोल्पामा सो पार्टीको एसटिफ कमान्डर रहेका डेपुटी सुवास राईको नेतृत्वमा आक्रमण गर्न गएको थियो । तर, आक्रमण असफल भएपछि अन्यत्र योजना बनाएका थिए । बैंक र रात्रिबस लुट्ने तयारी गर्दा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रहरीका अनुसार रुकुमको उच्च भेगमा उनीहरूले सैन्य तालिमसमेत गरेका थिए । प्रहरीमा भर्नाजस्तै लडाकु भर्नामा पनि मापदण्ड बनाएका थिए । हतियारसम्बन्धी तालिम दिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टी अध्यक्ष उपेन्द्र घर्ती, पूर्वक्षेत्रीय इन्चार्ज पृथ्वीनारायण लिम्बू, मध्य क्षेत्रीय इन्चार्ज टेम्डी शेर्पा छन् । त्यस्तै, केन्द्रीय सदस्यसचिव पालुवाङ लिम्बू, लडाकु कमान्डर बनाइएका सुवास राई र अन्य कार्यकर्ताहरू रविन श्रेष्ठ, वनबहादुर स्याङ्बो, अजय तामाङ, रामबहादुर मगर, लोकबहादुर मगर, चन्द्रवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगर छन् ।

०७२ मा गठन भएको सो फोर्सका नेता सबैजसो आपराधिक पृष्ठभूमिका छन् । उपेन्द्र घर्तीमगरको मंगोल नेसनल पार्टी, पृथ्वीनारायण लिम्बूको किरात मूलबासी राष्ट्रिय फोर्स तथा टेम्डी शेर्पाको संयुक्त जातीय मुक्ति मोर्चा समायोजन गरेर सो फोर्स स्थापना गरेको डिआइजी भण्डारीले बताए ।

जातीय नारा दिएर पार्टीलाई आपराधिक गतिविधिमार्फत चर्चामा ल्याई पैसा उठाउनु नै उनीहरूको प्रमुख उद्देश्य रहेको एआइजी प्रतापसिंह थापा बताउँछन् । रुकुम, रोल्पालगायत जिल्लामा उनीहरूको चन्दाआतंक थियो । पछिल्लो समय उनीहरूले हातहतियार संकलनलाई तीव्रता दिएका थिए । पूर्व, मध्य र पश्चिम गरी आफ्नो संगठनलाई तीन क्षेत्रमा विभाजन गरेका थिए । मंगोल नेसनल आर्मी नामक भ्रातृ संगठन स्थापना गरी त्यसअन्तर्गत मंगोल मुक्ति सेना, मंगोल मुक्ति कमान्डो तथा स्पेसल टाक्सफोर्ससमेत बनाइएको थियो । गत वर्ष नै उनीहरूले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत दिएका थिए ।

आफ्नो परिचय लुकाउन उनीहरूले नक्कली नागरिकतालगायत कागजपत्र बनाउने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका प्रहरी चौकीमा आक्रमण गरी हतियार लुट्ने योजना बनाएका थिए । बैंक तथा सुनपसलसमेत लुट्न उनीहरूले रेकी गरिसकेको एआइजी प्रतापसिंह थापाले बताए । रुकुममा यार्सागुम्बा लुट्ने योजना बनाएका थिए भने दुईपटक बस लुट्ने योजना असफल भएको अनुसन्धानमा खुलेको छ । सो पार्टीका तल्लो तहका नेता भने फरार रहेको डिआइजी बमबहादुर भण्डारीले बताए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए