2026-09-03 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित कम्पनीद्वारा नेपालको म्यानपावर माथि प्रतिबन्ध (बिज्ञप्ति सहित)

असार ६, काठमाडौँ । एजेन्टहरु मार्फत सेटिङ मिलाएर नेपाली कामदारहरुसँग चर्को अशुली गरेको आरोपपछि मलेसिया स्थित केएलके कम्पनीले मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सीलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नेपालमा एसओएस म्यानपावर र यसका सब-एजेन्टहरू विरुद्ध अनैतिक भर्ती अभ्यास भएको समाचार रिपोर्ट साझा सबाल मिडिया मार्फत ‘SOS म्यानपावरद्वारा निशुल्क कोटा भन्दै अन्तर्वार्ता गराएर अशुली, श्रममन्त्रीले दिए छानबीनको निर्देशनशिर्षकमा सार्वजनिक भएपछि यस्तो घोषणा गरिएको हो ।

\

केएलकेको आफ्नो सहायक कम्पनि केएल केपुङ रवर प्रडक्ट्स एसडीएन बिएचडीले एजेन्सी कम्पनीले Pekerjaan UKHWAH Sdn Bhd सँग तत्काल कुनै पनि सम्झौता नरहने घोषणा गरेको छ । साथै उक्त कम्पनीले नेपालको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिसँग पनि सम्बन्ध बन्द भएको विज्ञाप्ति मार्फत जनाएको छ ।

उक्त कम्पनीले एक स्वतन्त्र तेस्रो-पक्ष मूल्याङ्कन मार्फत कामदारको उचित परिश्रम, मानक सञ्चालन प्रक्रियाहरू र गुनासो व्यवस्थापन बढाउन सिफारिसहरू प्रदान गरेको जनाउँदै, यो नीतिलाई KL-Kepong रबर उत्पादनहरू र समूह कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

विज्ञाप्तिमा केएललेले अनुसन्धानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेको छ – “स्थानीय समूह र स्रोत देशहरूमा श्रमिक भर्तीलाई नियन्त्रित गर्ने अन्तर्राष्ट्रिय मापदण्डहरू र श्रम कानूनहरूको पालना गर्न प्रतिबद्ध छ र हाम्रा अतिथि कामदारहरूको हितको रक्षा गर्न कडा नो-भर्ती शुल्क नीति जारी राख्नेछ । हामी सबै रिपोर्टहरू गम्भीरताका साथ लिन्छौं र अगाडि आएका सबै सम्बन्धित पक्षहरूलाई धन्यवाद दिन्छौं।” 

नेपालमा एसओएस म्यानपावरले सब एजेन्टहरुको प्रयोग गरि उक्त कम्पनीमा नेपाली कामदार पठाउँदा चर्को लागत अशुलि गरेको रिपोर्ट सार्वजनिक भएपछि उक्त कम्पनीका प्रतिनिधि नेपालमै आएका थिए । साथै तेश्रो स्वतन्त्र पक्षले रिपोर्टको सत्यतामाथि अनुसन्धान अगाडी बढाएको थियो । उक्त अनुसन्धानपछि पीडित प्रमाणित भएका नेपाली युवाहरुलाई कम्पनीले क्षेतीपूर्ति समेत दिएको थियो । 

रोजगारदाताले कारवाही गर्यो, बिभाग भने मौन !

केएलके मलेसिया निशुल्क नेपाली कामदार लैजाने कम्पनी हो । नैतिक भर्ना प्रक्रिया अन्तर्गत कामदार पठाउनुपर्ने केएलके कम्पनीमा एसओएस म्यानपावरले सब एजेन्टहरु प्रयोग गरि २ लाख ६० हजारसम्म रकम उठाएको सम्बन्धमा साझा सबाल मिडियाबाट बिभिन्न प्रमाण सहित समाचार रिपोर्ट सम्प्रेषण भएको थियो । म्यानपावरले एजेन्टलाई मलेसिया रोजगारमा जान लागेका युवाहरुले पैसा नतिरेकै कारण म्यानपावर र वैदेशिक रोजगार बिभागका कर्मचारीको मिलिमतोमा अन्तिम श्रम-स्वीकृति र भिसानै रद्ध गरिदिएको थियो । 

वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिईसकेका कामदारको स्वीकृति रद्ध गरिदिएको सम्बन्धमा म्यानपावर एजेन्सी र बिभाग कर्मचारीको मिलिमतो भएको विषयमा बिभाग हालसम्म मौन छ । यो प्रक्रियामा म्यानपावरका प्रतिनिधि वा बिभागका कर्मचारी कारवाहीको दायरामा आउनुपर्ने हुन्छ । यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले सचिव मार्फत बिभागलाई छानबिनको लागि निर्देशन दिएका थिए ।

रोजगारदाताले नेपालबाट कामदार लैजाने क्रममा मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सी मार्फत अबैधानिक गतिबिधि भएको निष्कर्ष सहित प्रतिबन्ध सहितको बिज्ञप्ति जारी गरिसक्दा वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रण गर्न जिम्मेवार निकायहरुले यो विषयलाई अनदेखा गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय