२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण रहेको कलाकार संघको ठहर

२०८१, १२ असार बुधबार ११:०८

असार १२,  काठमाडौँ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे कलाकारद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्काले अभिव्यक्ति दिएपछि उनीहरूको चर्को आलोचना भइरहेको छ।

यसबीचमा नेपाल चलचित्र कलाकार संघले पनि उनीहरुले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । बुधबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मोहन निरौलाले कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती प्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ’ अध्यक्ष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुदैन पनि । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन चाहन्छौं’।

‘यस भन्दा अधि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ती दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं। प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकार लाई सचेत गराउदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ती नगर्न हुन हामी यही विज्ञप्ती मार्फत अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ