१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

१४ असार २०८१, शुक्रबार ०६:३४

असार १४, काठमाडौँ । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो ।

यस घटनामा एक जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका थिए । स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए । भत्किएको संरचना सन् २००९ मा बनेको बताइएको छ ।

यस मामिलामा छानबिन गर्न दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडलाई भनिएको र मन्त्रालयको तर्फबाट डीजीसीए सो जाँचको हिस्सा हुने बताइएको छ । यो घटनालाई गम्भीरतापूर्वक लिइने भन्दै मन्त्री नायडुले देशभरका यस्ता संरचना भएका सबै विमानस्थलको जाँच गरिने बताए ।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ ।

यस दुर्घटनामा एक जना क्याब ड्राइभरको मृत्यु भएको थियो । मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ । करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू ६ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल