१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुद्ध एयरले भित्र्यायो १८ औं नयाँ एटीआर विमान

१५ असार २०८१, शनिबार ०६:३१

असार १५, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ ।

कम्पनीले नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिज रहेको बताए | बुद्धसँग योसँगै एटीआर-७२ सिरिजको विमानको संख्या  १५  पुगेको छ । नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ ।

यो विमानले साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।

बुद्धले नयाँ विमानको दर्ता नम्बर ९एन-एएनजेड´ पाएको छ । यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । अब बुद्ध एयरसँग ४७ सिट क्षमताका तीन थान एटीआर४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन् ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे । 

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दैआएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल